hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreasjojobetsahabetmarsbahisSweet bonanzaenbetqqmamibetjojobetjojobetjojobet girişjojobet güncel girişpincovidobet

नगर प्रमुख पौडेलले उप प्रमुख अधिकारीलाई भने ,सचेत हुनुस नत्र कार्बाही गर्छु

रञ्जन यादब /बारा

जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख राजन पौडेलले उप प्रमुख भोला प्रसाद अधिकारीलाई आफनो पदीय अधिकार र जिम्मेवारी भन्दा बाहिरको कार्यहरु गरेमा कार्बाही गर्ने चेतावनी दिएका छन् । नगर उप प्रमुख अधिकारीको नाममा एक पत्र लेख्दै नगर प्रमुख पौडेलले कार्यालयको लेटरप्याड ,छाप तथा पदको प्रयोग गरेर गरिने तोक ,आदेश , निर्देशन तथा निर्णयहरु गर्दा सचेत हुन स्मरण गराएका छन् ।

मिती २०८१ साउन ११ गते नगर उप प्रमुख भोला प्रसाद अधिकारीले प्रमुख प्रशासकिय अधिकृतको नाममा पत्र लेख्दै आर्थिक बर्ष २०८१।०८२ को बजेट कार्यान्वयन नगर्न ,नगराउँन निर्देशन दिएका थिए । सोहि सन्दर्भमा नगर प्रमुख पौडेलले उप प्रमुख अधिकारीलाई तपाईले प्रमुख प्रशासकियलाई पठाउँनुभएको पत्रमा उल्लेखित बिषयसँग सम्बन्धित कुनै पनि कानुनले तपाईलाई अधिकार नदिएको तथा अन्य कुनै प्रत्यायोजित अधिकार समेत तपाईलाई नरहेको अवस्थामा यस्ता गैह«कानुनी र अनाधिकृत पत्राचार नगर्न हुन सचेत गर्दछु ,उप प्रमुख अधिकारीलाई लेखिएको पत्रमा उल्लेख छ । नगर प्रमुख पौडेलले उप प्रमुख अधिकारीलाई अब उप्रान्त कानूनले दिएका पदीय अधिकार र जिम्मेवारी भन्दा वाहिरका कार्यहरु दोहोरिएमा कारबाही गर्ने चेतावनी दिएका छन् ।

पत्र नेपालको संविधान, स्थानीय सरकार संचालन ऐन, २०७४, आर्थिक कार्यविधी तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ तथा नियमावाली, २०७७, सार्वजनिक खरिद ऐन, २०६३ तथा नियमावली, २०६४, जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यसम्पादन नियमावली, २०७५ तथा कार्यविभाजन नियमावली, २०७८ का साथै अन्य कानूनहरु विरुद्ध रहेको नगर प्रमुख पौडेलको दाबी रहेको छ ।सम्मानित अदालतहरुमा विचाराधिन रहेको विषय तथा अदालतवाट भएको आदेशमा उप प्रमुख अधिकारी स्वमं न्यायिक समितिको संयोजकले आदेश विपरित भई कार्य गर्दा सम्मानित अदालतको मानहानी हुन सक्ने समेत नगर प्रमुख पौडेलको पत्रमा उल्लेख छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३ को (ग) र (ङ) साथै मुलुकी अपराध संहिता, २०७४ को दफा ८५ को विषय संगपनि उपप्रमुखको पत्र आकर्षित हुने नगर प्रमुख पौडेलले पत्रमार्फत स्मरण गराएका छन् । जीतपुर सिमरा उपमहानगरपालिकामा बजेट कार्यान्वयन सम्बन्धी नगर प्रमुख र उप प्रमुख बिच जुहारी चलेको छ । उप प्रमुख भोला प्रसाद अधिकारीले बजेट कार्यान्वयन नगर्न लेखेपछि त्यसको काउन्टरमा नगर प्रमुख राजन पौडेलले पनि अर्को पत्र लेखेका हुन् ।