hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomtipobetbettiltnakitbahisjojobetcasinolevant

जीतपुरसिमरा १४ मा ५५० जना भूमिहीन, सुकुम्बासी र अव्यवस्थितलाई निस्सा वितरण

बारा, कार्तिक २१ गते ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ मा ५५० जनालाई जग्गाको निस्सा वितरण गरिएको छ । भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीहरुलाई निस्सा वितरण गरिएको हो ।

वषौ देखी भुमिहीन भएर बसोबास गर्दै आएका परिवारको पहिचान गरि जग्गाका निस्सा वितरण गरिएको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष चयन गुरुङले बताउनु भयो । एक कार्यक्रमको आयोजना गरि ५५० जनालाई निस्सा वितरण गरिएको हो ।

जग्गाको निस्सा वितरण गरिएको परिवारलाई छिटै लालपुर्जा दिलाउने पहल गरि आफुहरु सम्बन्धित निकायमा पहल गर्ने वडा अध्यक्ष गुरुङले बताउनु भयो ।

जग्गाको निसा पाएका स्थानियहरुले खुसि व्यक्त गर्दै जमिनको लालपुर्जा पाउनबाट अब एक खुड्किलो मात्र बाकि रहेको बताउदै वडाका जनप्रतिनिहरुलाई धन्यबाद दिएका थिए ।

वडा अध्यक्ष गुरुङको अध्यक्षमा सम्पन्न भएको निस्सा वितरण कार्यक्रमको प्रमुख अतिथि नेपाल सारकारको पुर्व मन्त्रि पुरुषोत पौडेल रहनुभएको थियो भने विशिष्ट अतिथि मधेस प्रदेशका प्रदेश सभा सदस्य मंजु थापा, जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेल, भूमी सम्बन्धि समस्या सामाधान आयोज बाराका सदस्य मेहिलाल दास लगायतको उपस्थिति रहेको थियो ।