काठमाडौं, कार्तिक २२ गते
आरती साहलाई न्याय दिन माग गर्दै काठमाडौंको माइतीघरमा उनको माइती पक्षले धर्ना जारी राखेको छ । बुधबारको धर्नामा आम जनता पार्टीका अध्यक्ष एवम रौतहट क्षेत्र नं ३ बाट निर्बाचित संघिय सांसद प्रभु साह समेत सहभागी भएका छन् ।
आजपाले आन्दोलनरत साहको परिवारको आन्दोलनप्रति यस अघि नै ऐक्यबद्धता जनाएका थिए । आजपा अध्यक्ष प्रभु साहले उनको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै आज सयौको सख्यामा माईतिघरमै पुगेर अध्यक्ष साह भेटेका छन् । साथै आजपा अध्यक्ष एवं पूर्वमन्त्री साहले संसदमा यस बिषयमा पटक पटक आवाज उठाउँदै आएका छन् ।
यसैगरी २३ कातिकमा मानव अधिकार आयोग पुगेर आजपाले ध्यानाकर्षण पत्र बुझाउँने कार्यक्रम पनि रहेको कार्यक्रमा सहभागि आजपा नेता विजय यादव निर्विजले बताए ।
जनकपुर उपमहानगरपालिका–९ थापा चोकका मोदीबाबु साहसँग विवाह गरेकी आरती गत जेठ ७ गते आफ्नै घरमा मृत अवस्थामा भेटिएकी थिइन् । साहको दाइजोका कारण परिवारले हत्या गरेको माइती पक्षको दाबी छ । घटनाको छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्ने माग गर्दै साहको परिवार लामो समयदेखि धर्नामा छ ।
गृह मन्त्रालयले साहका बुवा विनोदप्रसाद साहलाई पत्र पठाएर आधिकारिक प्रतिनिधि तोकेर वार्तामा आउन आग्रह गरेको थियो । तर सरकार र आरती पक्षबीच वार्ता हुनसकेको छैन ।