बारा, असार २३ गते ।
बाराको सिमराथित रहेको सिमरा कलेजको वि.वि.एसको बोर्ड परिक्षामा कलेजभर उत्कृष्ट नतिजा ल्याउने साहिद महमदलाई सिमरा कलेजले सम्मान गरेको छ । कलेजको पाँचौ कलेज सभामा वि.वि.एस तर्फ उत्कृष्ट नतिजा ल्याउने महमदलाई कलेजले सम्मान गरेको हो । कलेजले महमद संगै शिक्षा संकय तर्फ उत्कृष्ट नतिजा ल्याउने जीतपुरकै नेकाबुल अंसारीलाई पनि सम्मान गरेको थियो ।
२०७४–७८ व्याचमा त्रिभुवन विश्वविद्यालयले लिएको बोर्ड परिक्षामा २४ वर्षिय साहिद महमदले ६३.२ प्रतिशत नतिजा ल्याएर प्रथमश्रेणीबाट कजेलमै उत्कृष्ट नतिजा ल्याउन सफल भएका थिए ।
साहिद महमदले व्यवस्थापन संकय (४ वर्षे वि.वि.एस) को पहिलो वर्षको बोर्ड परिक्षामा ६७ प्रतिशत, दोस्रो वर्ष ६२.८ प्रतिशत, तेस्रोवर्ष ५७ प्रतिशत र अन्तिम चौथो वर्षमा ६६ प्रतिशत ल्याएर कलेजमै उत्कृष्ट नतिजा ल्याएका हुन् ।
साहिद महमद पढाइ संगै विभिन्न संस्थाहरूमा काम गरेर घर सम्मेत चलाउने गर्छन् । उनि प्रथम वर्ष देखिनै काम गर्दै पढ्ने गर्छन् । महमद हाल सिमरा कलेजमै स्नातकोत्तर पढिरहेका छन् ।
महमदको पढाइ हेरेर कजेलले उनलाई वि.वि.एसको पहिलो वर्षमा फुल स्कोलरसिपमा पढाएको थियो । फुल स्कोलर सिपमा पढेका साहिद वर्षैपिछे कजेलभर उत्कृष्ट नतिजा लाएपछि हाल सम्म उनि स्कोलरसिपमै पढिरहेका छन् ।
सिमरा कलेजको पाँचौ कलेज सभामा प्रमुख अतिथि रहनु भएका बारा क्षेत्र नम्बर ४ का प्रतिनिधि सभ सदस्य किसान श्रेष्ठ सहितले महमदलाई सम्मान स्वरूप सम्मानपत्र र नगद ५१०० हस्तान्तरण गरेका थिए ।