हेटौँडा, जेष्ठ १० गत ।
वाग्मति प्रदेशको राजधानी हेटौँडामा सञ्चालित बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिताको दोश्रो दिनको खेलमा चितवन जिल्लाकोमाडी नगरपालिकाका दुई खेलाडी ललित राउत प्रथम र करुणा बोट द्वितीय भएका छन् । राउत सर्टपुटमा प्रथम र बोट हाइजम्पमाद्वितीय भएका भएका हुन् ।
वाग्मति खेलकुद विकास परिषद्को आयोजनामा भएको दोश्रो दिनका खेलमा माडी–६, कल्याणपुरका एथलेटिक्स खेलाडी राउतले१२.७८ मिटर थ्रो गर्दै सर्टपुटमा प्रथम र डिस्कस थ्रोमा द्वितीय भएका थिए । त्यस्तै माडी माध्यमिक विद्यालयमा अध्ययनरत करुणा बोटहाइजम्प खेलमा द्वितीय भएको हुन् ।