hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomromabetnakitbahisGrandpashabetenbetqqmamibetholiganbetjojobet

कर्णालीभन्दा मधेस पछाडि पारियो: सिके राउत

काठमाडौं, जेठ ९-

जनमत पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य सिके राउतले मधेस कर्णालीभन्दा पछि परेको बताएका छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा मधेसमा ५९ प्रतिशत बालबालिका रक्त अल्पताका सिकार भएको बताएका हुन्।

‘हामीलाई जहिले पनि रटाइयो कर्णाली प्रदेश पिछडिएको भनेर आज कर्णाली भन्दा पिछडिएको क्षेत्र मधेस हो। जनगणनाको तथ्याङ्ले मधेसको साक्षरता दर ६३ प्रतिशत देखाएको छ। जबकि कर्णालीमा ७६ प्रतिशत छ। जुनसुकै आँकडा हेर्नुहोस्, मानव विकास सूचकाङ्क, शौचालयसम्म पहुँच, प्रतिव्यक्ति आय जे हेर्दा पनि हुन्छ। हामीलाई पढाइन्छ कर्णालीमा खान पाइँदैन, मधेस अन्नको भण्डार हो भनेर तर कुपोषणका कारण बालबालिकामा रक्त अल्पता भएको सबैभन्दा ठूलो प्रदेश मधेस प्रदेश हो,’ उनले भने।