hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomonwinbettiltbetciojojobetholiganbet

आगामी निर्वाचनमा पार्टीले एक्लै सरकार चलाउने गरी बहुमत ल्याउँछः रवि लामिछाने

काठमाडौं,जेठ ६-

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ०८४ सालको निर्वाचनमा रास्वपाले एक्लै सरकार चलाउने गरी बहुमत ल्याउने बताएका छन्। शनिबार काभ्रेमा भएको पार्टीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले आगामी निर्वाचनमा पार्टीले एक्लै सरकार चलाउने गरी बहुमत ल्याउने बताएका हुन्।

‘०८४ मा आफैँले सरकार चलाउने गरी बहुमत ल्याउँछौँ। हामीलाई एक पटक मौका दिनुस्। कुनै भ्रष्टलाई पार्टीमा ठाउँ छैन्। तर, एक पटक मौका दिनूस्। आउने निर्वाचनमा जमानत जफत भएकाहरू विजयी भएर आउनुहुनेछ,’ उनले भने। सभापति लामिछानेले भ्रष्टाचार र कालोबजारीको जालो तोड्नुपर्ने भएकाले होस्टेमा हैसे। गर्न जनतालाई अपील गरेका छन्। उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएकालाई जोगाउन केही दलहरू लागिपरेको समेत बताए।

‘नक्कली भुटानी शरणार्थी प्रकरण, कालो बजारीको जालो तोड्नु परेको छ। कयौं भ्रष्टाचारको फाइलको धुलो टक्टक्याउने बेला आएको छ। त्यसका लागि नेपाली जनताको साथ चाहिन्छ। हामी मुलुकको भ्रष्टाचारको जरो उखेल्न हिँडेका छौं। हामी होस्टे गर्छौं तपाईंहरू हैसें गरिदिनुहोला। कोही दल भ्रष्टहरूलाई बचाउन लागेका छन्,’ सभापति लामिछानेले भने। उनले विदेशमा अलपत्र परेका नेपालीहरूलाई स्वदेश फर्काउने र देशमा सुशासनको घण्टी आफूहरूले बजाएको दाबी गरे।