hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomonwinbettiltbetciojojobetholiganbet

बारा: परीक्षा हलमा मोबाइल छिराएर प्रश्नपत्रको फोटो खिच्ने र बाहिर बस्ने दुई जना प्रकाउ

बारा, चैत १७ गते ।

एसईई परीक्षाको अंग्रेजी विषयको प्रश्नपत्र बाहिररिएको विषयमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ । बाराको आदर्श कोतवाल गाउँपालिका स्थित महेन्द्र आदर्श जयनगर च्युटाँहा मावि परीक्षा केन्द्रबाट अंग्रेजी विषयको प्रश्नपत्र बाहिररिएको थियो ।

महेन्द्र आदर्श जयनगर च्युटाँहा मावि परीक्षा केन्द्रबाट एसईई परीक्षा दिइरहेको विद्यार्थीले मोबाइल परीक्षा हलमा छिराएर प्रश्नपत्रको फोटो खिचेर बाहिर साथीहरूलाई सामाजिक सञ्जालमा पठाएको पाइएको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जनाएका छन् ।

प्रहरी उपरीक्षक बोगटीले भने, ‘प्रश्नपत्र आउट भएको देखिन्छ तर उत्तर पठाएको देखिँदैन्, यस विषयमा हामीले परीक्षा हलमा बसेर फोटो खिचेर पठाउने एक जना विद्यार्थीलाई मोबाइलसहित र बाहिरका अर्को १ जना गरी २ जनालाई नियन्त्रणमा लिएर अनुसनधान शुरु गरेका छौँ । ’ ‘प्रश्नपत्र आउट भएपनि बाहिरबाट उत्तर भित्र आएको देखिँदैन ।’