hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreasjojobettipobetbettiltnakitbahisbetasuscasinolevant

रास्वपाले चितवन-२ मा एक्लै चुनाव लड्ने, तनहुँ र बारा-२ मा पनि उम्मेदवार उठाउने

बारा,चैत ११ गते ।

राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी वैशाख १० गते देशका तीन क्षेत्रमा हुन लागेको उपनिर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने भएको छ। नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहितको गठबन्धनमा रहेको रास्वपाले उपनिर्वाचन भने एक्लै लड्ने निर्णय गरेको हो। गत पुस १० गते एमाले नेतृत्वको सात दलीय गठबन्धनमा जोडिएको रास्वपा त्यसपछि फागुन २५ गते भएको राष्ट्रपति निर्वाचनमा कांग्रेसको पक्षमा उभिएको थियो। त्यसपछि चैत ३ मा भएको उपराष्ट्रपति निर्वाचनमा उसले जनमत पार्टीकी ममता झालाई सघाएको थियो।

एमाले या सत्तारुढ गठबन्धन दलसँग गठबन्धन गरेर रास्वपाले उपनिर्वाचन लड्ने चर्चा भइरहेका बेला चितवन क्षेत्र नम्बर २, तनहुँ क्षेत्र नम्बर १ र बारा क्षेत्र नम्बर २ मा एक्लै उम्मेदवारी दिने निर्णय भएको हो। हामीले चितवन २ सहितका तीनै क्षेत्रमा एक्लै चुनावी मैदानमा जाने निर्णय गरेका छौँ, रास्वपा उपसभापति एवम् संसदीय दलका नेता डोरप्रसाद अर्यालले भने, हामी कहिले पनि कुनै निर्वाचनमा कोहीसँग तालमेल गर्दैनौँ, यो हाम्रो घोषित नीति नै हो। अर्यालले उपनिर्वाचनका लागि दल दर्ता र उम्मेदवार छनोट अघि बढाउने काम पनि थाल्ने निर्णय भएको बताएका छन्।

यो बैठकबाट तनहुँमा सह-महामन्त्री कविन्द्र बुर्लाकोटी, चितवनमा उपसभापति डोलप्रसाद अर्याल र बारामा केन्द्रीय सदस्य गणेश कार्की नेतृत्वको निर्वाचन परिचालन कमिटी खटाउने निर्णय पनि गरेको छ।