बारा, माघ ८ गते ।
पछिलो समय नेपालमा थारु इन्डस्ट्रिको लोकपृयता बढ्दै गएको छ । देशमा नेपाली गित संगित पछि थारु इन्डस्ट्रिको गित संगितलाई धेरै मन पराउन थालिएको छ ।
पछिलो करिब १ वर्ष देखी नेपालमा थारु इन्डस्ट्रिको म्युजिक भिडियोहरु हेर्ने दर्शकहरु धेरैनै बढेको पाइएको छ । पहिला १ लाख भ्युज ल्याउन नसक्ने उक्त इन्डस्ट्रिमा हाल मिलियन्समा भ्युजहरु आउन थालेको छ । मनोरन्जनको निकै महत्वपुर्ण स्रोत मानिएको युटुव र टिकटकमा थारु गित संगित ट्रेन्डिङमा अउन थालेका छन् ।
नेपाल सहित भारत र अन्य मुलुकहरुमा पनि थारु इन्डस्ट्रि प्रवेश गरिसकेको थारु इन्डस्ट्रिमा योगदान दिरहेका व्यक्तिहरुले बताउछन् ।
थारु इन्डस्ट्रिमा चर्चित नेपाली कलाकारको रुचीः
थारु इन्डस्ट्रिको म्युजिक भिडियोमा देशका चर्चित नेपाली मोडेल कलाकारहरुको पनि रुचि बढ्दै गएको छ । थारु इन्डस्ट्रिबाट नेपाली गित संगितमा र नेपाली इन्डस्ट्रिबाट थारु इन्डस्ट्रिमा कलाकारहरु मोडेलिङ गरिरहेका छन् ।
हाल थारु इन्डस्ट्रिको चर्चित गायीका अन्नु चौधरीले नेपाली सागिंत क्षेत्रमा धुम मचाइरहेकी छन् । अन्नुले गएको नेपाली गित “ए होर माया”, “लजालु मायालु”, “माया” लगायतको गितहरु निकै चर्चित भएका छन् ।
यता नेपाली इन्डस्ट्रिका चर्चित हिरो एवं मोडेल पल साहले थारु इन्डस्ट्रिको “दिन गिन गिन”, “तोहार प्यारमे”, “ओ सजन” लयागतको गितहरुमा अभिनय गरिसकेका छन् । नेपालकी चर्चित हिरोइन पुजा सर्माले सम्मेत थारु गित संगितमा अभिनय गरिरहेकी छन् ।