एस.एस. पटेल, माघ ६ गते ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा व्यवसाय दर्ता गर्न अब नगरपालिका जानु नपर्ने भएको छ । नगरले व्यवसाय दर्ता गर्न अब वडालाइ जिम्मा दिएको छ ।
बिहिबार बसेको नगरको कार्यपालिका बैठकले व्यवसाय दर्ता वडाबाटै गर्ने निर्णय गरेको जीतपुरसिमरा उपमहानगरका नगरप्रमुख राजनपौडेलले बताउनु भयो ।
यस अघि व्यवसाय दर्ता गर्न उपमहानगरको कार्यालयमै गएर व्यवसाय दर्ता गर्नुपर्ने हुन्थयो अब वडाबाट व्यवसाय दर्ता हुदा सेवाग्राहिलाई निकै सजिलो हुने भएको छ । आफ्नो सम्बन्धीत वडामा गएर व्यवसाय दर्ता गर्न सकिने नगर प्रमुख पौडेलले बताउनु भयो ।