रञ्जन यादब/बारा ०२ जेठ
खेलकुद क्षेत्रको विकास तथा खेलाडीहरूको मनोबल अभिवृद्धि गर्ने उद्देश्यले केआईईसि ले सिमरा युनाइटेड क्लबका खेलाडीहरूलाई जर्सी हस्तान्तरण गरेको छ। आयोजित एक कार्यक्रमका बीच का प्रतिनिधिहरूले क्लबका खेलाडी तथा पदाधिकारीहरूलाई जर्सी प्रदान गरेका हुन्। क्लबका खेलाडीहरूलाई आवश्यक खेल सामग्री उपलब्ध गराउँदै खेल क्षेत्रमा सकारात्मक योगदान पु¥याउने उद्देश्यले उक्त सहयोग गरिएको केआईईसि कन्सलटेन्सिले जनाएको छ।

कार्यक्रममा बोल्दै केआईईसि कन्सलटेन्सिका निर्देशकले सबु कडेंल खनालले खेलकुदले युवाहरूलाई अनुशासित, जिम्मेवार र स्वस्थ नागरिक बनाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै खेलाडीहरूको उत्साह र क्षमताको विकासका लागि आगामी दिनहरूमा पनि यस्ता सहयोगलाई निरन्तरता दिइने बताए। उनले खेल क्षेत्रप्रति संस्थाको सामाजिक उत्तरदायित्व र प्रतिबद्धता कायम रहने पनि स्पष्ट पारे। निर्देशक खनालले “खेलाडीको हौसला, खेलकुदको उज्यालो भविष्य — सहयोगी हातहरूकै कारण सम्भव छ” भन्ने सन्देशसहित खेलाडीहरूलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना व्यक्त गरेका थिए।

जर्सी हस्तान्तरणपछि सिमरा युनाइटेड क्लबका कप्तानले केआईईसि कन्सलटेन्सिप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दै यस्तो सहयोगले खेलाडीहरूमा थप ऊर्जा, आत्मविश्वास र उत्साह थप्ने बताए। उनले निजी क्षेत्रबाट प्राप्त हुने सहयोगले स्थानीय खेलकुदको विकासमा महत्वपूर्ण टेवा पुग्ने उल्लेख गरे।स्थानीय स्तरमा फुटबल खेलको प्रवद्र्धनमा सक्रिय सिमरा युनाइटेड क्लबले विभिन्न प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ। क्लबले युवा खेलाडीहरूको प्रतिभा उजागर गर्न तथा खेल संस्कृतिको विकास गर्न निरन्तर प्रयास गरिरहेको छ। केआईईसि कन्सलटेन्सिको यस सहयोगले क्लबका खेलाडीहरूलाई आगामी प्रतियोगिताहरूमा थप उत्साहका साथ सहभागी हुन प्रेरणा मिल्ने विश्वास गरिएको छ।




