जयसागर सहनी ।जीतपुर १२ बैशाख
शान्ति युवा बिकास मञ्च जीतपुरको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले अजय कुमार साह कलवारको अध्यक्षतामा १४ सदस्सीय सर्बसम्मत कार्यसमिती चयन गरेको छ । समितीको उपाध्यक्षम धिरज साह सोनार ,संतोष कुमार साह ,सचिवमा असोक दास तत्मा ,सह सचिव प्रकाश कुश्वाहा र कोषाध्यक्षमा दिनेश सराफ रहेका छन् ।
त्यस्तै कार्यसमिती सदस्यहरुमा लालबाबु साह कानु ,पवन कुमार तत्मा ,राजेश साह , सुनिल कुमार साह सोनार ,रबि दास ,दिपेश गुप्ता ,नागेन्द्र सहनी र सचितानन्द प्रमाद बर्मा रहेको समतिका सचिव असोक दास तत्वाले जानकारी दिए । कार्यसमितीको कार्यवधि ३ बर्षको हुने छ । संस्था बि.स. २०६६ सालमा दर्ता भएको थियो ।समितीको तत्कालिन अध्यक्ष योगेश अधिकारीले आफनो कार्यब्यस्तताको कारण राजिनामा बिचमै दिएपछि अधिवेशन गराउँनुपर्ने अवस्था आएको थियो।

