hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomonwinbettiltbetciojojobetholiganbet

सितलहरमा साथ, न्यानोपनमा विश्वास ः गढीमाई साझेदारी वनद्वारा निःशुल्क दाउरा वितरण अभियान

रञ्जन यादब /बारा

बढ्दो चिसो र कठ्याङ्ग्रिँदो सितलहरका कारण सर्वसाधारण नागरिकको दैनिकी प्रभावित भइरहेका बेला “सितलहरमा साथ, न्यानोपनमा विश्वास” भन्ने मूल नाराका साथ गढीमाई साझेदारी वन उपभोक्ता समूह, पथलैया ले निःशुल्क दाउरा वितरण तथा आगो ताप्ने कार्यक्रम सञ्चालन गरिरहेको छ ।

डिभिजन वन कार्यालय, बाराको समन्वयमा सञ्चालन भइरहेको उक्त अभियान अन्तर्गत बाराका जीतपुरसिमरा उपमहानगरपालिका, परवानीपुर गाउँपालिका, प्रसौनी गाउँपालिका, फेटा गाउँपालिका र विश्रामपुर गाउँपालिका का जम्मा २४ वटा वडाका मानिसको बढी जमघट हुने स्थान—मुख्य सडक, चोक तथा सार्वजनिक स्थलहरूमा दाउरा उपलब्ध गराई आगो बाल्ने व्यवस्था गरिएको गढीमाई साझेदारी बन उपभोक्ता समुह बाराका अध्यक्ष रामएकवाल साह तेलीले बताउँनुभयो ।

गढीमाई साझेदारी वनका वन प्राविधिक शैलेन्द्र यादव ले चिसोका कारण वृद्धवृद्धा, बालबालिका, विपन्न तथा सडक प्रयोगकर्ताहरू बढी प्रभावित हुने भएकाले उनीहरूलाई लक्षित गर्दै यो कार्यक्रम अघि बढाइएको जानकारी दिनुभयो। उहाँका अनुसार बिहान र साँझको समयमा अत्यधिक चिसो हुने भएकाले आगो ताप्ने स्थलहरूमा स्थानीयको उल्लेख्य उपस्थिति देखिएको छ।कार्यक्रमले यात्रु, मजदुर, सवारी चालक तथा सर्वसाधारणलाई तत्काल राहत मिलेको स्थानीयवासीहरूले बताएका छन्। सितलहरका कारण स्वास्थ्य जोखिम बढ्ने भएकाले यस्तो मानवीय तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमले समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको उनीहरूको भनाइ छ।

गढीमाई साझेदारी वन उपभोक्ता समूहले वन संरक्षणसँगै सामाजिक सेवा पनि वन उपभोक्ता समूहको दायित्व भएको उल्लेख गर्दै मौसम अनुकूल रहेसम्म अभियानलाई निरन्तरता दिने जनाएको छ। साथै, अन्य संघ–संस्था र स्थानीय तहसँग सहकार्य गर्दै आगामी दिनमा थप राहत तथा जनहितका कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिइएको छ।