hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomonwinbettiltbetciojojobetholiganbet

तारे होटलमा श्रमिकको सम्मान ः नेपाल एग्रो टुल्सले देखायो उद्योग संस्कृतिको नयाँ अनुहार

रञ्जन यादब /बारा

बारा जिल्लाको सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज) भित्र सञ्चालित नेपाल एग्रो टुल्स प्रा.लि. ले उद्योग र श्रमिकबीचको सम्बन्ध कस्तो हुनुपर्छ भन्ने कुरालाई व्यवहारमै उतारेर देखाएको छ। श्रमिक–मालिक विवादका समाचारले औद्योगिक करिडर तातेका बेला उक्त उद्योगले आफ्ना श्रमिकप्रति देखाएको सम्मान र अपनत्वले सबैको ध्यान खिचेको छ।

उद्योगमा कार्यरत करिब ८० जना श्रमिक तथा कर्मचारीलाई सम्मान गर्न उद्योग व्यवस्थापनले सिमरास्थित तारे होटल क्लासिक प्लाजामा भव्य दिवा भोजको आयोजना ग¥यो। श्रमिकहरूलाई बसमार्फत होटलसम्म लगेर फुलमालाले स्वागत गर्दै गरिएको यो कार्यक्रम श्रमिकका लागि मात्र होइन, समग्र औद्योगिक क्षेत्रका लागि पनि उदाहरणीय बन्यो।

सेजभित्र तीन महिनाअघि मात्रै सञ्चालनमा आएको नेपाल एग्रो टुल्सले छोटो अवधिमै उल्लेखनीय प्रगति हासिल गरेको छ। फलामको पाताबाट गैँती, साबेल, कोदालो, कराई, बाटा जस्ता कृषि तथा घरेलु औजार उत्पादन गर्दै आएको उद्योगले हाल मासिक करिब २ करोड रुपैयाँ बराबरको उत्पादन गरिरहेको छ। उत्पादनको करिब ८० प्रतिशत भारत निर्यात हुँदै आएको छ भने २० प्रतिशत नेपाली बजारमा बिक्री भइरहेको छ।

बिरगञ्ज निवासी मनोज प्रसाद रौनियारको लगानीमा करिब १४ करोड रुपैयाँको लागतमा सञ्चालनमा आएको यस उद्योगले हाल करिब ८० जनालाई प्रत्यक्ष रोजगारी दिएको छ। सबै श्रमिक नेपाली हुनु र त्यसमध्ये अधिकांश स्थानीय हुनु उद्योगको अर्को सकारात्मक पक्ष हो। उद्योगभित्र कुनै पनि श्रम समस्या नदेखिएको र श्रम ऐन बमोजिमका सेवा सुविधा समयमै उपलब्ध गराइँदै आएको श्रमिकहरू बताउँछन्। श्रमिक सम्मान कार्यक्रमकै क्रममा उद्योग सञ्चालक रौनियारले श्रमिकको भूमिकालाई उद्योगको मुटुसँग तुलना गरे। “श्रमिक उद्योगको मुटु हो। मुटु स्वस्थ भए मात्र शरीर चल्छ। त्यसैगरी श्रमिक स्वस्थ र खुसी भए मात्र उद्योग निरन्तर चल्न सक्छ,” उनले भने, “श्रमिकहरू दिनभरि जोखिमयुक्त काम गर्छन्। उनीहरू पनि हामीजस्तै मानव हुन्। पैसा मात्रै ठूलो कुरा होइन, आपसी सम्मान र दूरी कम गर्नु नै मुख्य उद्देश्य हो।”
कार्यक्रमले श्रमिकहरूलाई भावुक बनाएको थियो। उद्योगमा कार्यरत बिरगञ्ज–३१ पर्साका श्रमिक राजेश रायका लागि यो अनुभव जीवनकै सम्झनालायक बन्यो।

“धेरै ठाउँमा काम गरियो, तर यस्तो वातावरण कतै पाएको थिइनँ। महिनामा तलब समयमै पाइन्छ, व्यवहार राम्रो छ। आज त पहिलो पटक यत्रो ठूलो होटलमा बसेर मनपरेको खाना खान पाइयो, सपना जस्तै लागिरहेको छ,” उनले खुशी व्यक्त गरे।
सिमरा औराहाकी महिला श्रमिक निरुपा चौधरीको अनुभव पनि फरक थिएन।

“यो मेरो पहिलो उद्योग हो। अरू उद्योगमा श्रमिकसँग राम्रो व्यवहार हुँदैन भन्ने सुनेको थिएँ, तर यहाँ त्यस्तो केही छैन। सबै राम्रो छ,” उनले भावुक हुँदै भनिन्।
नेपाल एग्रो टुल्सले श्रमिकलाई सम्मान गरेर मात्रै होइन, उत्पादन र श्रम संस्कृतिमा सकारात्मक सन्देश प्रवाह गरेर पनि आफूलाई फरक उद्योगका रूपमा स्थापित गरिरहेको छ। छोटो समयमै सफलताको यात्रामा अघि बढेको यस उद्योगले श्रमिक–मैत्री वातावरण नै दिगो औद्योगिक विकासको आधार हो भन्ने कुरालाई प्रमाणित गरेको छ।