hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomonwinbettiltbetciojojobetholiganbet

विद्यार्थीको भाषा र सोच्ने क्षमताको विकास गर्न सिमरामा प्रदेश स्तरीय स्क्र्याबल च्याम्पियनशिप प्रतियोगिता

रञ्जन यादब /बारा

बाराको सिमरामा शैक्षिक खेलमार्फत विद्यार्थीको भाषा र सोच्ने क्षमताको विकास गर्ने उद्देश्यसहित दोस्रो प्रदेश स्तरीय स्क्र्याबल च्याम्पियनशिप प्रतियोगिता आयोजना गरिएको छ। ‘स्क्र्याबल च्याम्पियनशिप २०२५’ नाम दिइएको उक्त प्रतियोगिता सिमरास्थित सिमरा पब्लिक इङ्ग्लिस स्कुलको आयोजनामा दुई दिनसम्म सञ्चालन हुँदैछ।

प्रतियोगितामा बारा जिल्लाका १५ वटा निजी विद्यालयसहित पर्सा र सिरहाका विद्यालय गरी जम्मा २५ विद्यालयका ५० जना विद्यार्थी सहभागी छन्। सिमरा पब्लिक इङ्ग्लिस स्कुल परिसरमा भइरहेको यस प्रतियोगिताले खेलको माध्यमबाट विद्यार्थीमा शब्दज्ञान, सृजनशीलता र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने लक्ष्य राखेको स्कुलका संस्थापक अध्यक्ष शालिकराम अधिकारीले बताउनुभयो।प्रतियोगितामा राष्ट्रिय स्तरमा १६ राउण्ड खेल हुने व्यवस्था भए पनि सिमरामा आयोजना गरिएको यस चरणमा १४ राउण्ड खेलाइनेछ।

दुई दिनसम्म चल्ने प्रतियोगितामा सहभागी खेलाडीहरूले शुक्रबार र शनिबार विभिन्न चरणमा प्रतिस्पर्धा गर्नेछन्। शुक्रबार एक औपचारिक कार्यक्रमबीच प्रतियोगिताको उद्घाटन गरिएको हो। सिमरा पब्लिक स्कुलका प्रिन्सिपल वसन्त ढकालको अध्यक्षता तथा बारा प्रदेशसभा क्षेत्र नं. ४ (क) का प्रदेशसभा सदस्य देवनारायण चौधरीको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो। स्क्र्याबल बोर्डमा शब्द निर्माण गर्दै प्रतिस्पर्धा गरिने यस प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने तीन जना खेलाडीलाई क्रमशः प्रथम, दोस्रो र तेस्रो पुरस्कार प्रदान गरिनेछ। त्यसका साथै प्रतियोगितामा प्रत्येक जिल्लाबाट एक जना उदयीमान खेलाडीको पनि छनोट गरी ट्रफी तथा प्रमाणपत्रद्वारा सम्मान गरिने आयोजक सिमरा पब्लिक इङ्ग्लिस स्कुलले जनाएको छ।