hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomonwinbettiltbetciojojobetholiganbet

साना किसान कृषि सहकारी सिमराले उपभोक्ता पसल सञ्चालनमा ल्याउँदै बहु सेवाको शुभारम्भ

रञ्जन यादब /बारा

बाराको सिमरास्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडले आफ्ना सदस्य तथा स्थानीय वासिन्दालाई लक्षित गर्दै उपभोक्ता पसल सञ्चालनमा ल्याएको छ। सहकारीले सदस्यहरूलाई दैनिक आवश्यक उपभोग्य वस्तुहरू सहज रूपमा उपलब्ध गराउने उद्देश्यसहित मसला पिस्ने सेवा, मसलाका परिकार, चामल, पीठो तथा अन्य उपभोग्य सामग्री बिक्री सेवाको औपचारिक शुभारम्भ गरेको साना किसान सिमराका अध्यक्ष कमला अधिकारीले जानकारी दिईन् ।

उद्घाटन कार्यक्रममा सहकारीका पदाधिकारीहरूले सहकारीको मुख्य लक्ष्य सदस्यहरूको उत्पादनमा मूल्य अभिवृद्धि गर्दै घरेलु तथा कृषि आधारित सामग्रीलाई प्रोत्साहन गर्नु रहेको बताए। मसला पिस्ने तथा चामल–पीठो प्रशोधन सेवा सञ्चालनमा आएपछि स्थानीय स्तरमै शुद्ध र गुणस्तरीय सामग्री उपलब्ध हुने, साथै सहकारी सदस्यलाई आर्थिक लाभ पुग्ने विश्वास व्यक्त गरिएको संस्थाका सहजकर्ता कुलोत्तम पोख्रेलले जानकारी दिए ।

सहकारीद्वारा सञ्चालन गरिएको उपभोक्ता पसलमार्फत स्थानीय जनताले दैनिक प्रयोगमा आउने वस्तुहरू एकै थलोबाट किफायती मूल्यमा खरीद गर्न सक्ने व्यवस्था मिलाइएको साना किसान कृषि सहकारी संस्था सिमराले जनाएको छ । सहकारीले आगामी दिनमा सेवा दायरा थप विस्तार गर्दै सदस्यहरूको रोजगारी र आर्थिक सशक्तीकरणमा योगदान पु¥याउने जनाएको छ।