जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघले बाराका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलको सम्मानपूर्वक आफनो कार्यालयमा स्वागत गरेको छ। संघले आयोजना गरेको एक विशेष कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पौडेल र ईलाका प्रशासन कार्यालय सिमराका प्रमुख रबिन्द्र कडेंललाई स्वागत गरिएको हो।
कार्यक्रममा नगर उद्योग बाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले प्रमुख अतिथिलाई सम्मानपत्र प्रदान गर्दै व्यापारी तथा संघका तर्फबाट स्वागत गरेका थिए। कार्यक्रममा सहभागी व्यापारीहरुले शान्तिसुरक्षा, बजार अनुगमन र दैनन्दिन व्यवसायिक चुनौतीको विषयमा प्रमुख जिल्ला अधिकारीसँग समस्या राखेका थिए।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी पौडेलले दोषीलाई कुनै हालतमा उन्मुक्ति नदिने र निर्दाेष नागरिकलाई अन्याय हुन नदिन आफु प्रतिबद्ध रहने बताएका थिए। उनले समस्याको समाधानका लागि सम्बन्धित निकायहरुसँग सहकार्य गर्दै अगाडि बढ्ने विश्वास दिलाए।