सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको १८औं साधारण सभा सम्पन्न

रञ्जन यादब /बारा

सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, जीतपुर बाराको १८औं साधारण सभा सम्पन्न भएको छ। सभाको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला अधिकारीले गर्नुभयो। संस्थाले हालसम्म १२ करोड ३ लाख २१ हजार ४ सय ५३ रुपैयाँ पुँजी संकलन गरेको जानकारी दिइएको छ। सहकारीले सदस्य तथा संस्थालाई अधिकतम १५ लाख रुपैयाँसम्म ऋण सुविधा उपलब्ध गराउँदै आएको छ।

अर्थिक वर्ष २०८१÷०८२ मा संस्थाले ३१ लाख १९ हजार ६६८ रुपैयाँ नाफा आर्जन गरेको छ। संस्थाकी अध्यक्ष सावित्री पिप्लेले प्रस्तुत गर्नुभएको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०÷०८१ मा १७ प्रतिशतका दरले शेयर लाभांश वितरण गरिएको थियो। तर सहकारी ऐन २०७४ र नियमावली २०७५ अन्तर्गतको प्रावधान फिर्ता गर्नुपर्ने भएकाले यस वर्ष आम्दानीमा केही असर परेको उल्लेख गरियो।त्यसअनुसार चालु आर्थिक वर्ष २०८१÷०८२ को लेखा परीक्षण प्रतिवेदनअनुसार ८ प्रतिशतका दरले करसहित शेयर लाभांश वितरण गर्ने निर्णय गरिएको छ।

यसै अवसरमा एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान गरिएको छ। श्री सरस्वती मा.वि. ईनर्वासिराका सनोेज कुमार रामले ३.८७ जीपीए ल्याई छात्रतर्फ उत्कृष्ट नतिजा हासिल गर्नुभएको छ भने छात्रातर्फ रजघट्टाका जनता मा.वि.बाट रोजी अधिकारीले ३.५७ जीपीए ल्याई सम्मान प्राप्त गर्नुभएको संस्थाका ब्यवस्थापक शम्भुरामले जानकारी दिए । कार्यक्रमको सञ्चालन सहकारी संस्थाका उपाध्यक्ष श्रवन गुप्ताले गरेका थिए ।