hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomtipobetbettiltnakitbahisjojobetholiganbet

बन क्षेत्रमा हिंस्रक जनावरको गतिविधि बढ्दा सतर्कता अपनाउन आग्रह ,राजमार्गमा सवारी साधन रोक्न निषेध

रञ्जन यादब /बारा

पर्सा राष्ट्रिय निकुञ्ज तथा आसपासको बन क्षेत्र भएर जाने राजमार्ग क्षेत्रमा पछिल्लो समय बाघ, चितुवालगायतका हिंस्रक बन्यजन्तुको गतिविधि बढेकाले राजमार्गमा सवारी साधन रोक्न निषेध गरिएको छ । बेलाबेलामा मानिसहरू पनि यस्ता जनावरको आक्रमणमा परी क्षतिग्रस्त हुने घटना भइरहेको पर्सा राष्ट्रिय निकुञ्जले जनाएको छ ।

यसै सन्दर्भमा हिंस्रक बन्यजन्तुको आक्रमणबाट जनधनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले निकुञ्जले पथलैया–अमलेखगंज सडक खण्ड र पथलैया–निजगढ सडक खण्डको निकुञ्ज तथा बन क्षेत्र पर्ने भागमा सार्वजनिक तथा निजी दुई पाङ्ग्रे ,तीन पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधन जथाभावी रोक्न निषेध गरिएको पर्सा राष्ट्रिय निकुञ्जका बरिष्ठ संरक्षण अधिकृत रामचन्द्र खतिवडाले जानकारी दिए । उनले नेपाल प्रहरी ,राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय पथलैया लगायत सरोकारवालाहरुलाई यस ब्यवस्था कार्याँवयन गर्न गराउँनकोलागि आवश्यक सहयोगकोलागि अनुरोध गरेको बताए । निकुञ्जले यस निर्णयलाई कार्यान्वयन गर्न सरोकारवालाहरुलाई पत्राचार गर्दै कडाइका साथ पालना गर्न अनुरोध गरेको छ ।

गत बुधबार मात्र जीतपुरसिमरा उपमहानगरपालिका–२२ का ५५ वर्षीय कृष्ण कुमार शर्मा घाँस काट्न जंगल गएका बेला बन्यजन्तुको आक्रमणमा परी ज्यान गुमाएका थिए। यसअघि पनि केही महिना अगाडि अमलेखगंज क्षेत्रमा बाख्रा चराउन गएका एक वृद्धको बाघको आक्रमणबाट मृत्यु भएको थियो।निकुञ्जले यसलाई गम्भीर रुपमा लिएर जनतालाई सतर्क रहन र निकुञ्ज क्षेत्रभित्र अनावश्यक गतिविधि नगर्न आग्रह गरेको छ।