मोति जयन्तीमा विद्यालयस्तरीय कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न

रञ्जन यादब /बारा

‘शब्दमा शक्ति, साहित्यमा सँस्कृति’ भन्ने नाराका साथ राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदन डुमरबानाले आफ्नो १६० औँ मोति जयन्तीको अवसरमा विद्यालयस्तरीय कविता लेखन तथा वाचन कार्यक्रम डुमरबानामा सम्पन्न गरेको छ । प्रतियोगितामा सामुदायिक र संस्थागत गरी १७ विद्यालयका २९ जना विद्यार्थीहरुले सहभागिता रहेको बिद्यालयका निर्देशक श्याम प्रसाद भट्टराईले जानकारी दिए ।

साहित्य सर्जकहरु रामप्रसाद अधिकारी, प्रदिप धनन्जय, महम्मद इशाहक हुसैन, नारायण क्षेत्री, प्रितम बास्तोला ,सीता अधिकारी, शीखा अधिकारी, अविनाश सापकोटा, सि. एम. रिमाल र रामप्रसाद पोखरेललगायतले पनि समानान्तर रूपमा आफ्ना साहित्यिक सिर्जना प्रस्तुत गरेका थिए ।प्रतियोगितामा अक्षरा पाठशालाकी छात्रा स्वीकृति खनाल प्रथम, राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदनकी छात्रा अश्मिता गुरुङ द्वितीय र श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिमराकी छात्रा राजश्री बराल तृतीय भएको आयोजक बिद्यालयका प्रधानध्यापक सागर ठाडा मगरले जानकारी दिए ।

प्रथम ,द्धितीय र तृतीय हुने प्रतियोगिलाई क्रमस ः नगद ३ हजार ,दुई हजार र एक हजार र ट्रफी प्रदान गरिएको थियो । प्रतियोगिताको मुल्याङ्कन तीन सदस्यीय निर्णायक मण्डल नारायणदत्त पौडेल, अविनाश सापकोटा र सि. एम. रिमालले गरेका थिए । राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदन डुमरबानाका अध्यक्ष बिदुर खड्काको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि जीतपुरसिमरा उपमहानगरपालिकाको उप प्रमुख भोला प्रसाद अधिकारीले रहनुभएको थियो । कार्यक्रमको सञ्चालन बिद्यालयका साहयक प्रधानध्यापक किशोर बाबु श्रेष्ठले गरेका थिए ।