रञ्जन यादब /बारा
बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको भित्र रहेको प्रोग्रेस एजुकेसन एकेडेमी, डुमरवानामा पहिलोपटक क्रीकेट अभ्यास जाली बक्स उद्घाटन गरिएको छ । विद्यालयको खेलकुद गतिविधिलाई थप प्रभावकारी बनाउन आयोजित उक्त विशेष कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शन्ताराम खनालको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि जीतपुर सिमरा उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाका अधिकृत श्री हरिश भट्ट थिए। उद्घाटन कार्यक्रमका क्रममा प्रोग्रेस एजुकेसन एकेडेमी र सिमरा क्रीकेट क्लबबीच खेलकुदमा साझेदारी सम्झौता पनि भएको छ, जसले विद्यालय र क्रीकेट क्लबबीच समन्वय र सहकार्यलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ ।
सो अवसरमा सिमरा क्रीकेट क्लबका अध्यक्ष तथा पदाधिकारीहरू, प्रगतिशील युवा क्लबका अध्यक्ष एवम् पदाधिकारीहरू, हातेमालो साकोसका व्यवस्थापक महेश ढुङ्गेल, उद्यमशील बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक कृष्ण प्रसाद नेपाल लगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।।औपचारिक कार्यक्रमकोसञ्चालन बिद्यालय ब्यवस्थापन समितीका सञ्चालक अध्यक्ष रञ्जित सापकोटाले गर्नुभएको थियो ।
जीतपुरसिमरा उपमहानगरपालिकाले लिएको कक्षा ८ को परीक्षामा १००% सफलता हासिल गरेको छ । परिक्षामा सहभागी २९ जना बिद्यार्थी सबै उतीर्ण भएका थिए ।