रञ्जन यादब /
सबैया साझेदारी बन क्षेत्रमा वन सुरक्षा टोलिले ठूलो परिमाणमा अवैध दाउरा बरामद गरेको छ । रेञ्जर भुपाल रोकायको कमाण्डमा गएको बन गस्ती टोलीले ३० ओटा साइकल मिश्रित जातको दाउरा सहित बरामद गरिएको डिभिजन बन कार्यालय पर्साका डिभिजनल बन अधिकृत मञ्जुर अहमदले जानकारी दिए । २५ वटा साइकलहरू जङ्गलमा नै काटेर छोडिएको थियो । बरामद भएको दुई ट्रयाक्टर दाउरा जफत गरिएको छ । बन तस्करीको गतिविधि रोक्न जिल्लाको बिभिन्न ठाउँमा निगरानी बढाइएको डिभिजन बन कार्यालय पर्साले जनाएको छ ।