hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomtipobetbettiltnakitbahiscasinolevant

जीराभवानीमा अबैध काठ र दाउरा बरामद, एक जना पक्राउ

रञ्जन यादब /पर्सा

जीराभवानी गाउँपालिका वडा नं. ५ शान्ति टोलबाट पर्सा वन कार्यालयको टोलीले अवैध रूपमा ओसारपसार गरिँदै गरेको काठसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जीराभवानी गाउँपालिका वडा नं. ३ सेढ्वा बस्ने २७ वर्षीय धिनेस माझी रहेका छन्।

माझीको साथबाट साइकलमा लोड गरिएको १.१७ क्युफिट गोलिया काठ बरामद गरिएको डिभिजन बन कार्यालय पर्साका डिभिजनल बन अधिकृत मञ्जुर अहमदले जानकारी दिए ।बसन्तपुर सब डिभिजन वन कार्यालयका फरेस्टर श्रवन कुमार महतो नेतृत्वको टोलीले काठ सहित मानिसलाई पक्राउ गरेको हो ।त्यस्तै, वन कार्यालयको टोलीले आठवटा साइकलमा लोड गरिएको करिब ९ क्विन्टल दाउरा समेत बरामद गरेको छ।

उक्त दाउरा कसको थियो भन्ने बारे थप अनुसन्धान भइरहेको वन कार्यालयले जनाएको छ । बन गस्ती टोलीलाई देखेर साईकल सहितको दाउरा छाडेर दाउरा चोरहरु फरार भएका छन् ।वन ऐनअनुसार अवैध रूपमा काठ तथा दाउरा ओसारपसार गर्नेहरूलाई कारबाही गरिने डिभिजनल बन अधिकृत अहमदले जानकारी दिए ।