पर्साको रत्नपुर स्थित स:मिलमा छापामारी ,६ वटा काठको गोलिया बरामद

रञ्जन यादब /

पर्साको बन कार्यालयले एउटा स:मिलमा छापामारी गरी ६ वटा अबैध काठको गोलिया बरामद गरेको छ । बिशेष सुचनाको आधारमा अधिकृत छैठो सन्दिप पटेलको कमाण्डमा गएको टोलीले ११.३२ क्युफिटको ६ वटा साल जातको गोलिया बरामद गरेको डिभिजन बन कार्यालय पर्साका डिभिजनल बन अधिकृत मञ्जुर अहमदले जानकारी दिए ।

बिरगंज महानगरपालिका वडा नं.२९ रत्नपुर स्थित स मिलमा बन टोलीले छापमारी गरेको हो । बन टोली स मिलमा पुग्दा स्थिती तनावग्रस्त बनेको थियो । स्थितीलाई नियन्त्रणमा लिदैँ डिभिजन बन कार्यालयबाट खटिएको ४ जनाको टोलीले काठ ल्याउँन सफल भएको हो । बरामद काठलाई डिभिजन बन कार्यालय पर्साको नियन्त्रणमा राखिएको जनाईएको छ । उक्त स:मिल नुरहाेदा खाँकाे रहेकाे बुझिएकाे छ ।

त्यस्तै सब डिभिजन बन कार्यालय बड्निहारबाट खटिएको टोलीले एक ट्याक्टर बल्लाबल्ली (कोर) र करिब तीन ट्याक्टर दाउरा बरामद गरेको  बन अधिकृत नबनित मिश्राले जानकारी दिए । मङ्गलबार र बुधबार गरी दुई दिनमा साईकलमा दाउरा लोड गरि ल्याउँदै गरिएको २० वटा साईकलको चक्का काटि जङ्गलमा छोडिएको छ ।बुधबार साँझ करिब ८ बजेको समयमा दाउरा लोड रहेको चारवटा साईकल नियन्त्रणमा बन अधिकृत मिश्राले बताए । बन गस्ती टोली देख्नेबित्तिकै दाउँरेहरु साईकल छोडि भागेका थिए ।

बरामद बल्लाबल्ली र दाउरालाई सब डिभिजन बन कार्यालय बड्निहारको नियन्त्रणमा राखिएको डिभिजन बन कार्यालय पर्साका प्रमुख डिभिजनल बन अधिकृत अहमदले बताए ।