घण्टीमाई साकोसको १२ औँ वार्षिक साधारण सभा सम्पन्न

रञ्जन यादब /बारा

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.४ औराहामा रहेको घण्टीमाई साकोसको १२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । ।एक हजार ७ सय ४६ शेयर सदस्य रहेको सहकारी संस्थाको ९९ वटा लघुवित्त समूह रहेको छ । ।संस्थाले आफ्नो १२औँ वार्षिक साधारण सभाको अवसरमा विभिन्न क्षेत्रका व्यत्तिहरुलाई विभिन्न विधामा सम्मान गरेको छ ।

सामजिक क्षेत्रमा काम गरेबापत अभियन्ता दीपक नेपाललाई सम्मान गरिएको थियो ।शिक्षातर्फ माध्यमिक तहमा उत्कृष्ट अंक ल्याउने नेरामावि सिमराका गौरवमान श्रेष्ठ र सामाना भट्टराईलाई सम्मान तथा प्रशंसा पत्र प्रदान गरिएको थियो ।कार्यक्रममा जेष्ठ सेयर सदस्य अम्बिकादेवी सुवेदी र रामकृष्ण कार्की,लाई सम्मान गरिएको थियो ।त्यसैगरी उत्कृष्ट ऋणी जमुना रोका र वेदनिधि रिजाल संस्थाका उत्कृष्ट कर्मचारी निशा लुइटेललाई सम्मानित गरिएको थियो । उत्कृष्ट बाल बचततर्फ सहारा विश्वकर्मालाई सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि ,अतिथिलगायतलाई मायाको चिनो प्रदान गरिएको थियो ।यसैगर्री साकोसले यस वर्षको घण्टीमाई सहकारी पत्रकारिता पुरस्कार २०८१ दिवाकर भण्डारीलाई प्रदान गरेको छ । समुदाय, सामाजिक गतिविधि र सहकारीसम्बन्धी समाचार सम्प्रेशण गरेको भन्दै सञ्चारकर्मी भण्डारीलाई यस वर्षको घण्टीमाई सहकारी पत्रकारिता पुरस्कार २०८१ बाट पुरस्कृत गरिएको हो

यस वर्ष संस्थाले करिब १९ करोड ७३ लाखको कारोबार गरेको र ३३ लाख ९१ हजार नाफा कमाउन सफल भएको संस्थाका अध्यक्ष कोपिला सिंखडाले बताउनुभयो ।राष्ट्रिय सहकारी महासँघका पूर्व अध्यक्ष मिनराज कँडेलले पानसमा बत्ती बालेर उद्घाटन गर्नुभएको कार्यक्रममा मधेश प्रदेश सभाका पूर्व सांसद सुन्दर विश्वकर्मा, बारा जिल्ला बचत सँघका अध्यक्ष सतेन्द्र ठाकुर, जीतपुरसिमरा उपमहानगरपालिकाका पूर्व उपप्रमुख सरस्वतीदेवी चौधरी, नगरका सहकारी शाखा प्रमुख सुधन चौधरी, हातेमालो साकोसका उपाध्यक्ष सञ्जय साह, संगालो साकोसका अध्यक्ष निराजन थापालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव त्रिलोक विक्रम ठकुरीले गर्नुभएको थियो