hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreasjojobetromabetnakitbahisBetsalvadorenbetqqmamibetjojobet giriş

शुभारम्भ कलेज सिमरामा ए.सि.सि.ए.सहितको बि.बि.स.

रञ्जन यादब /बारा

बाराको सिमरा स्थित शुभारम्भ कलेजमा ए.सि.सि.ए. सहितको बि.बि.एस सुरु हुन लागेको छ । कलेजले बिभिन्न बिद्यालयबाट कक्षा १२ उत्तीर्ण भएका ७० जना बिद्यार्थीहरुलाई सो बारेमा अभिमुखिकरण कार्यक्रमको माध्यमबाट जानकारी गराएको हो ।

अभिमुखिकरण कार्यक्रममा सि.ए. दिपक कायस्थले ए.सि.सि.ए. को हो ? यसको महत्व र उपयोगिताको बिषयमा जानकारी गराएका थिए । बिश्वका १ सय ८० वटा देशमा मान्य हुने यु.के.बोर्डको सि.ए.को पढाई शुभारम्भ कलेजले गर्न लागेको शुभारम्भ कलेजका प्रमुख शम्भु मण्डलले जानकारी दिए ।

कलेजका सञ्चालक डा. राहुल झाको स्वागत मन्तब्य रहेको कार्यक्रममा कलेजका अध्यक्ष लाल पुडासैनी र शिक्षक दिनेश राईले ए.सि.सि.ए.को बिषयमा थप प्रष्ट पारेका थिए ।कलेजको सभाहलमा भएको कार्यक्रममा कक्षा १२ को परिक्षामा मधेश प्रदेशमै उत्कृष्ट गरेकी सिमराकी छात्रा काजल मण्डललाई मायाको चिनोले सम्मान कलेज प्रमुख मण्डले गरेका थिए ।