hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreasjojobetromabetnakitbahisBetsalvadorenbetqqmamibetjojobet giriş

एस.पि.ई.एस.को बिद्यार्थीले गरे मधेश प्रदेशमै उत्कृष्ट ,ए प्लस ल्याउँनेलाई बिद्यालयले दियो जनही रु ३० हजार

रञ्जन यादब /बारा

बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको सिमरामा रहेको एसपीईएस बोर्डिंग स्कुलले कक्षा १२ को परिक्षामा मधेश प्रदेशमै उत्कृष्ट गर्ने सहित ए प्लस ल्याउँने १४ जना बिद्यार्थीहरुलाई जनहि रु ३० हजारको दरले पुरस्कार बितरण गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को परीक्षाको नतिजामा अक्षरांकन( जि.पि.ए.) पद्धतिअनुसार ए प्लस ल्याउँने बिद्यार्थीहरुलाई सो बराबरको रकम प्रदान गरिएको एस.पि.ई.एसले जनाएको छ ।

उनीहरुको प्रोत्साहनका लागि विद्यालयले विहीबार बधाई तथा पुरस्कार वितरण कार्यक्रमको आयोजना गरेको थियो । सिमरा पब्लिक ईङ्गलिस स्कुल (एसपीईएस )का कक्षा ११ र १२ का संयोजक सुमन भटराईले ए प्लस ग्रेड ल्याउने १४ जना विद्यार्थीलाई ३० हजारका दरले नगद उपलब्ध गराइएको जानकारी दिनुभयो । उहाँले विद्यार्थीलाई सफल मात्र होइन असल बनेर समाज र राष्ट्रको सुयोग्य नागरिक बन्न पनि आग्रह गर्नुभयो ।

यस विद्यालयमा अध्ययनरत छात्रा काजल कुमारी मण्डलले कक्षा १२ को नतिजमा ३.९१ जीपीए ल्याएर मधेशप्रदेशमै उत्कृष्ट हुनुभएको छ । राष्ट्रिय परीक्षा बोर्डले गत हप्ता नतिजा सार्वजनिक गर्दा मण्डलको ३दशमलव९१ जीपीए. देखिएको हो । एसपीईएस बोडिङ्ग स्कुल सिमराबाट कक्षा १२ को परीक्षा दिएका ७५ जना बिद्यार्थीमध्ये ए प्लस ग्रेड ल्याउने १४ जना ,ए ग्रेड ल्याउने २४ जना ,बी प्लस ग्रेड ल्याउने २१ जना ,बी ल्याउने ९ जना ,सी प्लस ल्याउने १ जना र ६ जना एक विषयमा अनुर्तीणर् भएको विद्यालयले जनाएको छ ।

सर्वोत्कृष्ट जीपीए ल्याउनेहरुमा क्रिषा भट्ट(३.८८), राजन श्रेष्ठ(३.८१), दीपक ठाकुर हजाम(३.७५),विवश श्रेष्ठ(३.७०), आशिका लामिछाने(३.७०), दीक्षा न्यौपाने(३.७०) दीपा पाठक(३.६६),प्रज्वन लामा(३.६५), अन्सु शर्मा वास्कोटा( ३.६४), इच्छुकुमारी स्यांगतान(३.६४), सुविन घले( ३.६४), स्वस्तिका श्रेष्ठ( ३.६४), सुजल पौडेल(३.६२) रहेका छन् । उनीहरुका अभिभावकसहित विद्यालयले विद्यार्थीलाई सम्मान गरेको हो ।

त्यस्तै कार्यक्रममा स्कुलका पूर्व विद्यार्थी एवम् हाल पेशाले चार्टर एकाउन्टेन्ट सरोज भट्टराई सम्मान गरिएको थियो । सोही स्कुलमा अध्ययन गरेर चार्टर एकाउन्टेन्ट जस्तो पेशामा आवद्ध रहेको र अन्य विद्यार्थीलाई समेत प्रेरणा मिलोस् भन्ने उदेश्यले कार्यक्रममा भट्टलाई सम्मान गरिएको थियो ।