खैर्वा बिद्यालयलाई बिभिन्न संघसंस्था र ब्यक्तिद्धारा सहयोग प्रदान

रञ्जन यादब/बारा

साना किसान कृषि सहकारी संस्था सिमराले जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.११ खैर्वा स्थित श्री नेपाल राष्ट्रिय अधारभुत बिद्यालयलाई खानेपानी सामग्री बितरण गरेको छ । संस्थाले आफनो स्थापना दिवसको अवसरमा तातो र चिसो पानी पार्ने मेसिन र एक जार पानी बितरण गरेको हो ।

समाजिक उत्तरदायित्व अन्तर्गत संस्थाका अध्यक्ष कमला कुमारी रिमालले सो सामग्री बिद्यालय ब्यवस्थापन समितीका सदस्य असमनी देबी माझीलाई हस्तान्तरण गर्नुभएको थियो ।

त्यस्तै डि.आर.फुड नेपालका प्रोप्राईटर राग्नी चौधरीले आफनो संस्थाको तर्फबाट दुई थान स्टेन पंखा बिद्यालयलाई बितरण गर्नुभएको थियो । त्यस्तै कार्यक्रमकाबिच झालरबत्ती ग्रुपले दुई थान वाईट बोर्ड प्रदान गरेको थियो ।

वडा नं.११ का समाजसेवी संजय चौधरीले बिद्यालयको दैनिक खर्च ब्यवस्थापनकोलागि रु ५ हजारको चेक बिद्यालयका प्रधानध्यापक प्रमोद चौधरीलाई प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा वडा सदस्य चिन्ता देबी राम ,साना किसान कृषि सहकारी संस्थाका प्रबन्धक कुलोत्तम पोख्रेल ,समाजसेवी दिपनारायण राय लगायतको सहभागिता रहेको थियो । स्वागत मनतब्य बिद्यालयका पुर्ब प्रधानध्यापक अरुण चौधरीको रहेको थियो भने सञ्चालन बिद्यालयका प्रधानध्यापक प्रमोद चौधरी गरेका थिए ।