बिरगंज युथ एकेडेमीले बारामा सञ्चालित प्रथम लोहसण्डा गोल्डकपको उपाधी उचालेको छ । भएको फाईनल खेलमा बिरगंज सिटिलाई ४–० ले पराजित गर्दै बिरगंज युथ एकेडेमीले उपाधी उचालेको छ ।पहिलो हाल्फको ३७ औं मिनेटमा बिरगंज युथ एकेडेमीमा सुजल डङोलले पहिलो गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए ।
बिरगंज सिटिले गोल बचाउन नसक्दा बिरगंज युथ एकेडेमीले सिटि विरुद्ध ४–० को जित निकाल्दै उपाधी माथी आफ्नो कब्जा जमाएको छ ।खेलको दोश्रो हाल्फको ३ औं मिनेटमा बिरगंज युथ एकेडेमीका आदित्य शाक्यले एक गोल गर्दै आफ्नो टिमलाई २–० ले अग्रता दिलाएको थियो ।त्यसतै बिरगंज युथ एकेडेमीका आदित्य शाक्यले १ कृष्ण शाक्यले १ र सुजल।डङोलले २ गोल गरेको थियो ।बिरगंज युथ एकेडेमीले उपाधी जिते संगै नागद ८० हजार रुपैयाँ जितेको हो ।
उपबिजेता भएको बिरगंज सिटीले ४० हजार रुपैयाँमा चित बुझाउन बाध्य भएको छ ।बिजेता र उपबिजेता टिमलाई जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेल र उपप्रमुख भोला प्रसाद अधिकारीले पुरस्कार बितरण गर्नु भएको थियो ।
प्रतियोगिताको म्यन अफ द मैछ बिरगंज युथ एकेडमीका सुजल डङोल घोषित भए भने प्रतियोगिताको उत्कृष्ट खेलाडी बिरगंज सिटीका चतुर्धन चौधरी घोषित भए ।सनराईज युथ क्लब लोहसण्डाको आयोजनामा जेठ १९ गते देखि सुरु भएको प्रतियोगितामा ८ टिमको सहभागिता रहेको थियो ।