रञ्जन यादब /बारा
बाराको पथलैयामा सब डिभिजन स्तरीय योजना तर्जुमा गोष्ठि सम्पन्न भएको छ । डिभिजन बन कार्यालय बाराको आयोजनामा भएको गोष्ठीमा समितीका पदाधिकारीहरुलाई योजना तर्जुमा गर्ने तरिका सिकाईएको थियो ।

अगामी आर्थिक बर्षकोलागि उपलब्ध स्रोतसाधन र जनशक्तिको प्रयोग गरी योजना कसरी बनाउँन सकिन्छ लगायतको बिषयमा जानकारी गराईएको सब डिभिजन बन कार्यालय पथलैयाका प्रमुख साहयक बन अधिकृत ललन राउतले जानकारी दिए ।

गोष्ठिमा सब डिभिजन पथलैया अन्तर्गत रहेका ११ वटा सामुदायिक बन र एक वटा साझेदारी बन समुहको पदाधिकारीहरुको सहभागिता रहेको थियो । गोष्ठिमा साहयक बन अधिकृत ललन राउत र अधिकृत छैठो निरज साहले प्रशिक्षण दिनुभएको थियो ।
गोष्ठिमा सहभागि उपभोक्ता समुहका पदाधिकारीहरुले आर्थिक बर्ष २०८१।०८२ कोलागि आफनो समुहको योजना तर्जुमा गरी कार्यक्रममा प्रस्तुत गरेका थिए ।