सिमरामा माओवादी केन्द्रले २९ औँ जनयुद्ध दिवस मनायो

रञ्जन यादब /बारा

नेकपा माओवादी केन्द्र जीतपुरसिमरा उपमहानगर कमिटीलेले २९ औँ जनयुद्ध दिवस मनाएको छ । मंगलबार साँझ सिमरा चोकमा मैनबत्ती बाली र शहिद परिवारलाई सम्मान गरि उपमहानगर कमिटीले जनयुद्ध दिवस मनाएको हो ।

नगर कमिटी अध्यक्ष प्रेम बरालको अध्यक्षतमा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सल्लाहकार उद्धब पोख्रेलले शहिद परिवारका सदस्यलाई सम्मान गरेका थिए । सम्मानित हुनेमा शहिद कृष्ण नेपालकी श्रीमती राधा देबी नेपाल ,राजु पाण्डेका ससुरा बुवा मनोदिप पाण्डे ,बासु लामिछाने तथा लक्ष्मी आपागाईकी छोरी सुरक्षा लामिछाने ,थिर बहादुर खड्काका भाई बलराम खड्का ,टिका नेपालका छोरा बिप्लब दाहाल रहेका छन् । उहाँहरुलाई दोसल्ला ओढाई कार्यक्रमका प्रमुख अतिथी समेत रहेका पोख्रेलले सम्मान गरेका थिए ।

कार्यक्रमको सञ्चालन वडा नं.२ का पार्टी कमिटी ईन्चार्ज रामचन्द्र अधिकारीले गरेका थिए ।कार्यक्रममा माओवादी केन्द्रका नेता कार्यकर्ताहरुले जनयुद्ध दिवस मनाउँने अधिकारी आफुहरुको नैसर्किङ्ग अधिकार भएकाले कसैले त्यसबाट आफुहरुलाई रोक्न नसक्ने बताएका थिए ।जनयुद्धका मृतक र बेपत्ताहरूको सम्झनामा मौन धारण गरिएको थियो । २०५२ साल फागुन १ देखि माओवादीले सुरु गरेको सशस्त्र जनयुद्ध १० वर्षसम्म चलेको थियो । फागुन १ लाई माओवादीले जनयुद्ध दिवसको रूपमा मनाउँदै आएको छ । यो दिन सरकारले सार्वजनिक बिदा दिने निर्णय समेत गरे पनि सर्वोच्च अदालतले उल्ट्याइदिएको थियो ।