रञ्जन यादब /बारा
बाराको जीतपुर स्थित होलिराज ईङ्गलीस बोडिङ्ग स्कुलले धार्मिक प्रबचनको माध्यमबाट बिद्यार्थीहरुमा कुसँस्कार हटाई सत्यको बाटोमा हिड्न पाठ सिकाईरहेको छ । हिजोआजका बिद्यार्थीहरुमा अनुशासनको कमि र गलत बाटोमा फसिरहेको देखेपछि स्कुलले भारतका प्रख्यात धर्म गुरु श्रीमद्भगवत गिताका बिज्ञ तथा प्रचारक डा.मम्मता कामतलाई बोलाएर सरस्वती पुजाको अवसरमा गिताका सन्देशहरु प्रबचनको माध्यमबाट बाडेको हो ।
होलीराज ईङ्गलीस बोडिङ्ग स्कुलका प्रिन्सिपल सुधार कुमार दासले बिद्यार्थीहरुले आफनो मुल्य र मान्यता नर्बिसुन र चरित्रवान बन्नुन भन्ने उदेश्य राखेर यस्तो कार्यक्रमको आयोजना गरिएको जानकारी दिए । कार्यक्रममा बिरगंजका एक धार्मिक टोलीले भजन किर्तन पनि प्रस्तुत गरेको थियो । श्रीमद् भगवतगीता मानिसको जीवनकोलागि निकै महत्वपुर्ण रहेको श्रीमद् भगवतगीताको बिज्ञ डा. कामतले तर्क गरिन् । मानिसले प्राप्त गरेको जीवनको लक्ष्य नबुझेर उसमा निरासता छाउँने गरेको र उ आत्महत्या ,युद्ध लगायत दुशकर्मतर्फ आकर्षित हुने गरेको बताईन् ।
मनुष्यलाई जीवनकोलागि चाहिने सम्पुर्ण आधार र उसको मनमा उब्जिने सम्पुर्ण प्रश्नहरुको जबाफ श्रीमद् भगवतगीतामा भएका कारण सबैले यसको अध्ययन गर्नुपर्नेमा डा. कामतले जोड दिईन् । बिद्यालयले धर्मकर्म तर्फ आस्था राख्ने बिद्यार्थीहरुलाई हरेक दिन निशुल्क बिहान अनलाईन कक्षा पनि उपलब्ध गराएको छ ।
बिद्यार्थीहरुलाई आत्म निर्भर बनाउँन र कुनै पेसा सानो वा ठुलो हुँदैन् भन्ने सन्देश दिनबिद्यालयले सरस्वती पुजाको अवसरमा फुड फेस्टिबलको पनि आयोजना गरेको प्रिन्सिपल दासले जानकारी दिए । बिद्यार्थीहरुले आफैले बनाएको स साना पाँच प्रकारको परिकार रु १५ देखि रु २५ सम्ममा बेचेका थिए । कार्यक्रममा बिद्यालयले बिद्यार्थी र अतिथिहरुलाई निशुल्क श्रीमद् भगवतगीताको किताब बितरण गरेको थियो ।