शरिर जलेर गम्भिर घाईते भएकी झा आर्थिक अभावमा

रञ्जन यादब /

आर्थिक अभावका कारण बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.११ कि अग्नि पिडित ३० बषिय महिला चाँदनी झाको उपचारमा समस्या भएको छ । माघ ४ गते चुलोमा दुध उमाल्ने क्रममा उनको साडीमा आगो सल्केर जीवमा आगलागि भएको हो । आगलागिबाट पिडित झाको करिब ४० प्रतिशत भाग जलेको छ । बिरगंज स्थित नेशनल मेडिकल कलेजमा उनको उपचार सम्भव नभएपछि काठमाडौँ स्थित किर्तिपुर बन अस्पतालमा उनको उपचार भईरहेको छ । उपचारको क्रममा १२ लाख भन्दा बढी रकम खर्च भईसकेको पारिवारिक स्रोतले जनाएको छ ।

पिडितका श्रीमान अरुणले सहयोगकोलागि सबैमा अपिल गरेका छन् । उद्योगमा काम गर्ने पिडितका श्रीमान अरुण सामान्य कामदार हुन् । जग्गा ,जमिनको नाममा उनीसँग केही छैन् । ऐलानी जग्गामा एउटा झोपडी बनाएर पिडितका स परिवार बस्दै आएको स्थानीय सँतोष यादब बताउँछन् । पारिवारिक स्थितिलाई बुझेका स्थानीय व्यक्तिहरुले उपचारकोलागि चन्दा सङ्कलन पनि सुरु गरेका छन् ।

वडामा बसेको स्थानीय अगुवाहरुको बैठकले चन्दा सङ्कलन गरेर उपचार गर्ने निर्णय गरेका थिए । तर अहिलेसम्म रु २० हजार मात्र सर्बसधारणबाट उठ्न सकेको स्थानीय सन्तोष यादबले दुखेसो गरे । वडा कार्यालयबाट रु २५ हजार सहयोग प्राप्त भएको उनले बताए । पिडितको उपचार कहिले सम्ममा हुन्छ ,कुनै टुङ्गो छैन् ,कति पैसा लाग्छ कुनै टुङ्गो छैन् हामी युवाहरु चन्दा सङ्कलनको प्रयास गरिरहेका छौ ,स्थानीय यादबले भने ,पिडितको १.५ बर्ष ,४ बर्ष र ६ बर्षको बालबच्चा छन् ,उनलाई केही भयो बच्चाहरु टुहुरा हुन्छन् ।

सहयोग गर्न इच्छुक व्यक्तिले अग्नि पिडित महिलाको श्रीमान अरुण कुमार ब्राहमणको नाममा ईन्भेष्टमेन्ट बैकमा रहेको खाता नम्बर ००३०५२८०२५९५४५ मा सहयोग गर्न सक्नेछन् ।