फर्कियो “ब्रहमदेव पासवान सर” को खुसि

बारा, असोज १७ गते

करिब एक महिना देखी जीतपुरसिमरा उपमहानगरपालिका शिक्षा शाखाको रमाना पत्र आँखा भरि आँशु लिएर भौतारिदै हिनेका ब्रहमदेव पासवान सरको खुसि पुन: फर्किएको नगरले उनलाई काजमा पुन: पुरानै स्कुलमा पठाए पछि उनको खुसि फर्किएको हो

करिब एक महिना पहिला जीतपुरसिमरा उपमहानगरपालिकाले आफ्नो पालिका भरिका सामुदायीक विद्यालयहरुमा आवश्यक विषयगत शिक्षकको मागको आधारमा शिक्षकहरुको सरुवा गरेको थियो नगरपालिकाले सरुवा गरेको सबै शिक्षकहरु आफ्नो सरुवा भएको विद्यालयमा उपस्थित भएर आफ्नो नियमित शिक्षण पेसामा लागे तर सोही सरुवाको क्रममा जीतपुरसिमरा स्थित रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिमराबाट जीतपुरसिमरा२४ हरपुरस्थित हरपुर विद्यालयमा सरुवा हुनुभएका ब्रहमदेव पासवान सरलाई हरपुरको विद्यालयमा हाजरी गर्न दिइएन

नगरपालिकाले सरुवा गर्यो तर सरुवा भएको स्कुलमा ब्रहमदेव सरलाई हाजरी गर्न नदिइए पछि उँहा एक महिना देखी आँखा भरी आँशु मनमा पिडा लिएर भौतारिदै बसेका थिए यो घट्ना बाहिरिए पछि यो विषयले सामाजिक संजाल निकै तताएको थियो

सामाजिक संजाल ताते पछि जीतपुरसिमरा उपमहानगरपालिकाले ब्रहमदेव सरलाई नगर कार्यपालिकाको कार्यालयमै आएर हाजरी गर्न व्यवस्था मिलायो तर ब्रहमदेव सरले राजिनामा दिन्छु तर बिना मिहिनेतको पैसा खादिन भन्दै आएका थिए शिक्षण पेसामा छु शिक्षण गरेरै तलब लिने उनको अठोट थियो

जीतपुरसिमरा उपमहानगरपालिकाले बुधवार ब्रहमदेव पासवान सरलाई पुन: काजमा उनको पहिलाकै स्कुलमा पठाएको २०३९ सालदेखि शिक्षण पेशामा आबद्ध ब्रहमदेव सर अवकाशका लागि दुई वर्ष मात्र बाँकी रहेका