आँखा भरि आँशु र हाँतमा रमाना पत्र लिएर भौतारिदै छन् जीतपुरसिमराका “ब्रहमादेव सर”

बारा, असोज १७ गते ।

जीतपुरसिमरा उपमहानगरपालिका शिक्षा शाखाको रमाना पत्र र आँखा भरि आँशु लिएर एक शिक्षक भौतारिदै छन् । शिक्षकको नाम हो ब्रहमादेव पासवान उँहाको न्यायको लागि केहि दिन यता देखी सामाजिक संजाल निकै तातेको छ ।

करिब एक महिना पहिला जीतपुरसिमरा उपमहानगरपालिकाले आफ्नो पालिका भरिका सामुदायीक विद्यालयहरुमा आवश्यक विषयगत शिक्षकको मागको आधारमा शिक्षकहरुको सरुवा गर्यो । यो विषय तेती बेला पनि निकै चर्चाको विषय बन्यो । तर समय बित्दै गयो यो विषय पनि सामान्य हुदै गयो ।

नगरपालिकाले सरुवा गरेको सबै शिक्षकहरु आ–आफ्नो सरुवा भएको विद्यालयमा उपस्थित भएर आफ्नो नियमित शिक्षण पेसामा लागे तर सोही सरुवाको क्रममा जीतपुरसिमरा २ स्थित रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिमराबाट जीतपुरसिमरा– २४ हरपुरस्थित हरपुर विद्यालयमा सरुवा हुनुभएका ब्रहमादेव पासवान सरलाई हरपुरको विद्यालयमा हाजरी गर्न दिइएन ।

नगरपालिकाले सरुवा गर्यो तर सरुवा भएको स्कुलमा ब्रहमादेव सरलाई हाजरी गर्न नदिइए पछि उँहा एक महिना देखी आँखाभरी आशु र मनमा पिडा लिएर भौतारिदै बसेका छन् । यो घट्ना बाहिरिए पछि यो विषयले सामाजिक संजाल तताउदै गएको छ र हाल यो विषयले एउटा आन्दोलनको समेत रुप लिन थालेको छ ।

सामाजिक संजाल ताते पछि जीतपुरसिमरा उपमहानगरपालिकाले ब्रहमादेव सरलाई नगर कार्यपालिकाको कार्यालयमै आएर हाजरी गर्न व्यवस्था मिलायो । तर ब्रहमादेव सर म राजिनामा दिन्छु तर बिना मिहिनेतको पैसा खादिन भन्दै आएका छन् । शिक्षण पेसामा छु शिक्षण गरेरै तलब लिने उनको अठोट छ ।

२०३९ सालदेखि शिक्षण पेशामा आबद्ध ब्रहमादेव सर एक महिनादेखि अलपत्र परेको खबर सामाजिक संजालमा आएलगत्तै उनको न्यायका लागि चोक चोकमा व्यानर टासेर उनको लागि न्याय माग्ने हाँतहरु उठिरहेका छन् । अवकाशका लागि दुई वर्ष मात्र बाँकी रहेका ब्रहमादेव सरलाई चाडपर्वको समयमा हाजरी विहीन अवस्थामा राखिनु दुःखद् रहेको भन्दै उपमहानगरपालिकाको कार्यालयले तत्काल पहल थाल्नुपर्ने माग समेत उठिरहेको छ ।