hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreasjojobetromabetnakitbahisBetsalvadorenbetqqmamibetjojobet giriş

तेस्रो अन्तर्राष्ट्रिय सिमरा भेट्रानको उपाधी फ्रिडम फाइटर काठमाडौंको पोल्टोमा

बारा, असोज १३ गते

काठमाडौंको फ्रिडम फाइटर भेट्रान क्लबले तेस्रो अन्तर्राष्ट्रिय सिमरा भेट्रान कप फूटबल प्रतियोगिताको उपाधी आफ्नो पोल्टोमा पारेको सिमरा रंगशालामा शनिवार भएको फाइनल खेलमा आयोजकलाई ले पराजित गर्दै फ्रिडम फाइटरले उपाधी जितेको हो

फ्रिडम फाइटरलाई उपाधी दिलाउने क्रममा भिबहादुर श्रेष्ठ, कमल बिष्ट विकर्ण श्रेष्ठले समान एकएक गोल गरे आयोजका लागि भेषराज लिम्बुले एक गोल गरे

उपाधी विजेता फ्रिडम फाइटरले दुई लाख उपविजेताले एक लाख नगद प्राप्त गरेको प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी आयोजक क्लबका गोपीचन्द भट्ट घोषित भएका छन् विधागत पुरस्कारतर्फ सर्वाधिक गोलकर्ताको उपाधी प्रतियोगिता अवधीभर १० गोल गरेकाविकर्ण श्रेष्ठ घोषित भए उनी फाइनल खेलको म्यान अफ दि म्याच समेत चुनिए

यसैगरी ५० वर्ष माथिको उत्कृष्ट खेलाडी फ्रिडम फाइटरका उदयबहादुर गुरुङकाका’, उत्कृष्ट गोलरक्षक फ्रिडम फाइटरका मुकुन्द श्रेष्ठ, उत्कृष्ट मिडफिल्ड फ्रिडम फाइटरका राजकुमार घिसिङ, उत्कृष्ट प्रशिक्षक फ्रिडम फाइटरका सुरज श्रेष्ठ, उत्कृष्ट डिफेन्स आयोजक क्लबका विष्णु सुनार घोषित भएका छन्

उपाधी विजेता, उपविजेता विधागत तर्फ उत्कृष्ट घोषित खेलाडीलाई मधेस प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कृष्णप्रसाद यादव, पूर्वप्रदेशसभा सदस्य शोभा लामा, नेपाली कांग्रेसका महासमिति सदस्य श्यामबाबु गुप्ता, रौतहटको गढीमाई नगरपालिकाका नगर प्रमुख श्याम यादव, कांग्रेस मधेस प्रदेश उपसभापति चन्द्रशेखर यादव, कांग्रेसका क्षेत्रीय सभापति लोकेश सिंह, एलएस न्युरो अस्पताल वीरगन्जका संचालक रामप्रवेश प्रसाद कुर्मी, प्रतियोगिता संयोजक हरी चौधरी, आयोजक क्लबका अध्यक्ष राजकपुर राउत लगायतले पुरस्कार वितरण गरेका थिए

प्रतियोगिताको विजेता टिम फ्रिडम फाइटर भेट्रान क्लबले लाख नगदसहित मेडल, प्रमाणपत्र सिल्ड प्राप्त गरेको भने उपविजेता आयोजक सिमरा भेट्रान लाख नगदसहित मेडल, प्रमाणपत्र सिल्ड प्राप्त गरेको हो

समापन कार्यक्रममा भेट्रान खेलाडी गणेश सुनुवारलाई सम्मान गरिएको थियो स्व. मञ्जुदेवी गुप्ताको स्मृतिमा असोज गतेदेखि सुरुभएको प्रतियोगितामा नेपाल, भारतका गरी ११ टिमको सहभागिता रहेको थियो क्लबका अध्यक्ष राउतको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रमको सहजीकरण प्रदीप गौतमले गरेका थिए ।