बारा, असोज ०९-
बारा जिल्लाको पचरौतामा गोली प्रहार गरी एक जनाको हत्या भएको छ । मंगलबार साँझ पचरौता नगरपालिकाको पकडिया टोलमा अपरिचित समूहको गोली प्रहारबाट एक व्यक्तिको मृत्यु भएको हो।
बेलुका अन्दाजी ६ बजेको समयमा पकडिया टोलमा रहेको पोखरी छेउमा पहिचान खुल्न नसकेको एक व्यक्तिको गोली हानी हत्या गरिएको प्रहरीले जनाएको छ। स्थानीयहरुका अनुसार एक मोटरसाइकलमा सवार भएर आएका तीन जनाको अज्ञात समूहले अर्को मोटरसाइकलमा सवार व्यक्तिमाथि गोली प्रहार गरेका थिए।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक दाडीराम न्यौपानेले गोली प्रहारबाट मृत्यु भएका व्यक्तिको पहिचान खुल्न नसकेको र घटनाको बारेमा अनुसन्धान भइरहेको बताए।