बारा, असोज ५ गते ।
बाराको पथलैयाबाट प्रहरीले अबैध सामान सहित ट्रक नियन्त्रणमा लिएको छ । शुक्रवार दिनको करिब २:३० बजेको समयमा प्रहरीले अन्दाजी ५१ लाख रुपैया बरावरको सामान सहित ट्रक नियन्त्रणमा लिएको हो ।
पथलैयाबाट खटिएको प्रहरीको विशेष टोलीले विशेष सूचनाको आधारमा विरगंजबाट रुपन्देही तर्फ जादै गरेकोवा.प्र.-०३–००१.ख.२३११ नं.को ट्रक रोकी चेक जाँच गर्दा विलबिजक भन्दा ५१ लाख ४६ हजार ७ सय २४ रूपैया बढीको खुद्रासामानहरु फेला परेको थियो ।
खुद्रा सामानहरु सहितको ट्रक नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएकोछ ।