बारा, असोज ५ गते ।
बाराको जीतपुरबाट प्रहरीले अबैध सामान सहित ट्रक नियन्त्रणमा लिएको छ । शुक्रवार दिनको करिब डेढ बजेको समयमा प्रहरीले ३२लाख ६ हजार ३ सय २२ रुपैया बरावरको सामान सहित ट्रक नियन्त्रणमा लिएको हो ।
ईलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको प्रहरीको विशेष टोलीले विशेष सूचनाको आधारमा बिरगंजबाट रौतहट तर्फ जादैगरेको ना.३.ख.४४९१ न.को ट्रकलाई रोकी चेक जाँच गर्दा विलबिजक भन्दा बढीको हार्डवेयर तथा खुद्रा सामानहरु फेला परेको थियो ।
अन्दाजी ३२ लाख ६ हजार ३ सय २२ रुपैया ५ पैसा बराबरको हार्डवेयर तथा खुद्रा सामान सहित उक्त ट्रक नियन्त्रणमा लिई आवश्य ककानूनी प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।