hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreasjojobetsahabetnakitbahisBahibomenbetqqmamibetjojobetjojobetjojobet girişjojobet güncel girişpincojojobet giriş

बाराले उचाल्यो प्रदेश स्तरीय फुटबल प्रतियोगिताको उपाधी

असार १७ गते

बारा जिल्ला फूटबल संघले मधेस प्रदेश स्तरीय दोस्रो रामनारायण मिश्र फूटबल प्रतियोगिता उपाधी उचालेको सिमरा रंगशालामाशनिवार भएको फाइनल खेलमा रौतहट जिल्ला फूटबल संघलाई ले पराजित गर्दै बाराले उपाधी उचालेको हो

बाराका लागि विवेक चौधरी सागर चौधरीले एक/एक गोल गरेका छन् रौतहटका लागि भने रोशन पहारीले एक गोल फर्काए खेलको २६औं मिनेटमा विवेकको गोलबाट अग्रता लिएको बाराले ४१औं मिनेटमा अग्रता दोब्बर पारेको थियो पहिलो हाफमा लिएकोअग्रता जोगाउदै जित नजिक पुगेको बाराविरुद्ध रौतहटले इन्जुरी समयमा एक गोल फर्काएको थियो

उपाधि विजेताले बाराले ट्रफिसहित नगद ५० हजार उपविजेता रौतहटले ३० हजार प्राप्त गरेको विधागत पुरस्कारतर्फप्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बाराका विवेक चौधरी घोषित भएका छन् भने सर्वाधिक गोलकर्ता बाराका सागर चौधरी, उत्कृष्टडिफेन्ड बाराका श्याम चौधरी उत्कृष्ट प्रशिक्षक बाराका उमेश श्रेष्ठ घोषित भए

यसैगरी उत्कृष्ट मिडफिल्ड रौतहटका विपिन मगर, उत्कृष्ट गोलरक्षक रौतहटका निरज धामी उत्कृष्ट फरवार्ड सिरहाका सुजन मगरघोषित भएका छन् विधागततर्फ सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही पाँच हजार प्राप्तगरेका छन्

विजेता तथा उपविजेता खेलाडीलाई पूर्वगृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधि, पूर्व प्रदेशसभा सदस्य शोभा लामा, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल, शिक्षा तथा समाज कल्याण मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराई, एन्फाका केन्द्रीय उपाध्यक्ष दावा लामा, राष्ट्रिय खेलकुद परिषदका सदस्य मानदेव हजरा, मधेस प्रदेश फूटबल संघका अध्यक्ष नेपालकार्की, बारा जिल्ला फूटबल संघका अध्यक्ष रामचन्द्र लामा, पर्सा जिल्ला फूटबल संघका अध्यक्ष अनिलकुमार कलवार, धनुषा जिल्लाफूटबल संघका अध्यक्ष रामकेवल मुखिया, सर्लाही जिल्ला फूटबल संघका अध्यक्ष ठाकुरबहादुर सुस्लिम, महोत्तरी जिल्ला फूटबलसंघका अध्यक्ष प्रमोद मानन्धरलगायतले पुरस्कार वितरण गरेका थिए

मधेस प्रदेश फूटबल संघका अध्यक्ष कार्कीको अध्यक्षतामा सम्पन्न समापन समारोहमा मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरी, जीतपुरसिमरा उमपहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारी, नेपाली कांग्रेस बाराका सभापति राजेशराय यादव, नेकपामाओवादी केन्द्रका अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठ, नेपाली कांग्रेस जीतपुरसिमरा नगर सभापति छविलाल शर्मालगायतको उपस्थिती रहेकोथियो मधेस प्रदेश फूटबल संघको आयोजना बारा जिल्ला फूटबल संघको सहआयोजनामा संचालन भएको प्रतियोगितामा मधेसकाआठ जिल्लाको सहभागिता रहेको थियो

मधेस प्रदेशको शिक्षा तथा समाज कल्याण मन्त्रालयको आर्थिक सहयोगमा असार ११ गतेदेखि प्रतियोगिता सुरु भएको हो