बारा, असार १४ गते ।
जबरजस्ती करणी मुद्दामा जितपुरका दिपेन्द्र शाहलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । जिल्ला अदालत बाराले साहलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
शाहमाथी जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरको एक महिलालाई जबरजस्ती करणी गरेको आरोप लागेको थियो । शाहले पिडित महिलालाई ब्ल्याकमेल गरि डराई धम्काइ महिनौ देखी जबरजस्ती करणी गर्दै आएका थिए ।
शाहलाई जबरजस्ती करणी मुदामा जिल्ला अदालत बाराले असार १२ गते मंगलबार पुर्पक्षको लागि जेलमा राख्न आदेश दिएपछि उनलाई जेल पठाईएको हो ।
शाहमाथी जबरजस्ती करणी संगै जबरजस्ती अप्राकृतिक यौन सम्बन्ध राखेको समेत मुदा लागेको छ । यस्ता किसिमको मुदामा आरोपितलाई ७ देखी १० वर्ष सम्म कैद सजाय र पिडितलाई ३ लाख सम्म छतिपुर्ति दिनपर्ने व्यवस्ता छ ।