hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreasjojobetromabetnakitbahisBetsalvadorenbetqqmamibetjojobet giriş

सुनको जलहरी पशुपतिनाथ ज्योतिर्लिङ्गमा पुनःस्थापना गरियो

काठमाडौं, असार १४–

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले परिमाण र गुणस्तर परीक्षण गरेपछि सुनको जलहरी पुनः पशुपतिनाथ मन्दिरको ज्योतिर्लिङ्गमा राखिएको छ। नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि र पशुपति क्षेत्र विकास कोषका पदाधिकारीको रोहबरमा बुधबार साँझ जलहरी पशुपतिनाथ मन्दिरको गर्भगृहमै राखिएको हो।

कोषका प्रवक्ता रेवतीरमण अधिकारीका अनुसार आयोगले नापतौल गर्न रुद्रगारेश्वरमा लगिएको जलहरी पुनःस्थापना गरिएको हो। असार ११ गते सुनको जलहरी नापतौल र परीक्षण गर्न पशुपतिनाथ मन्दिरबाट उत्तरतर्फ रहेको रुद्रगारेश्वरमा लगिएको थियो।

पशुपतिनाथ ज्योतिर्लिङ्गमा राखिएको सुनको जलहरीको परिमाण र गुणस्तरबारे सर्वसाधारणदेखि संसदसम्म कुरा उठेपछि आयोगले परीक्षण गरेको हो।