hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomonwinbettiltbetciojojobetholiganbet

गौर हत्याकाण्डको छानबिन गरी दोषीलाई कारबाही गर्न माग

बारा, जेठ १५–

गौर हत्याकाण्डका दोषीमाथि कारबाहीको माग गर्दै पीडित परिवारले गृहमन्त्री नारायणकाजी श्रेष्ठ समक्ष आग्रह गरेका छन्।

माओवादी कार्यक्रममाथि लक्षित गरी तत्कालीन मधेसी जनअधिकार फोरमले नियोजित तरिकाले आक्रमण गरेको र दर्जनौँ मानिसको मृत्यु भएको घटनाका दोषीहरूमाथि कारबाहीको माग गर्दै पीडित परिवारले आइतबार गृहमन्त्री श्रेष्ठलाई आग्रह गरेका हुन्।

२०६३ चैत ७ मा भएको गौर हत्याकाण्डमा मृत्यु भएका प्रमोद यादवका बुबा रामशरण यादव तथा मृतक नर्मदेश्वर उपाध्यायकी पत्नी रुपसागर उपाध्यायलगायतले गृहमन्त्री श्रेष्ठलाई भेटेका हुन्। न्यायको खोजीमा राजधानी पुगेका पीडित परिवारले गौर हत्याकाण्डका दोषीमाथि कारबाहीको माग गरेको हुन्।

हत्याकाण्डका दोषीमाथि कारबाही नभएको भन्दै काठमाडौँ पुगेका पीडित परिवारले सर्वोच्च अदालतमा रिट निवेदन दिने तयारी गरेका छन् ।