बारा, चैत्र २२ गते ।
बाराको सिमरा विमानस्थल क्षेत्रमा रहेको साढे १२ विघा जग्गा कृषि प्रयोजनका लागि ठेक्कामा दिइँदै छ । विमानस्थलको धावनमार्गको पूर्वपट्टी भीओआर-डीएमई रहेको चेनलिङ फेन्सिङ गरिएको प्लट नं. २ को १२ विघा ११ कट्ठा १९ धुर जग्गा ठेक्कामा दिन बोलपत्र आह्वान गरिएको हो ।
१२ विघा ११ कट्ठा १९ धुर जग्गाको न्यूनतम वार्षिक कबोल चार लाख रुपैयाँ तोकिएको छ । तीन वर्षका लागि दिन लागिएको जग्गा कृषि प्रयोजनका लागि लिजमा लिन चाहने व्यक्ति तथा संघ–संस्थाहरुले बोलपात्रमा सहभागी हुन सक्नेछन् ।
बोलपत्र फारम ४ वैशाख २०८० को दिउँसो १२ बजेसम्म सिमरा नागरिक उड्डयन कार्यालयमा दर्ता गराइसक्नुपर्नेछ । बोलपत्र सोही दिन दिउँसो तीन बजे कार्यालयमा विभिन्न कार्यालयका प्रतिनिधि तथा ठेकेदार प्रतिनिधिको रोहवरमा खोलिने बताइएको छ ।
बोलपत्र आह्वानको सूचना: