पोखरियामा चितुवाले आक्रमण गर्दा एकजना प्रहरीसहित ३ जना घाइते

पर्सा, ८ चैत ।

पर्साको पोखरियामा चितुवाको आक्रमणबाट एक प्रहरी सहित तीनजना घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भीर छ ।

मंगलबार मध्यराति जंगलबाट गाँउमा छिरेको चितुवाको आक्रमणबाट पोखरिया नगरपालिका वडा नम्बर ५ सतवरियाका जोगिन्द्र साह तेली, वडा नम्बर ४ का दिल महम्मद मियाँ र इलाका प्रहरी कार्यालय पोखरियामा कार्यरत प्रहरी जवान सुचिन्द्र प्रसाद यादव घाइते भएका हुन् ।

सतवरिया स्थित गँहु बारि हुँदै गाउँमा छिरेको चितुवाले स्थानियलाई आक्रमण गरि घाइते बनाउन थालेपछि नियन्त्रणमा लिन प्रहरीको टोली जाँदा प्रहरी जवान यादवलाई पनि आक्रमण गरि घाइते बनाएको हो ।