hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomonwinbettiltbetciojojobetholiganbet

लागू औषध गाँजा सहित बाराको पथलैयाबाट ३ जना पक्राउ

बारा, फाल्गुन २० गते ।

बाराबाट लागू औषध गाँजा सहित तिन जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैयाबाट १२ किलोग्राम गाँजा सहित तिन जना पक्राउ परेका हुन् ।

हिजो शुक्रबार बिहान ६ बजेको समयमा पथलैया प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीलाई देखी अमलेखगंजबाट पथलैयातर्फ आउँदै गरेको ना २ ह ४९५० नम्बरको अटो भाग्ने क्रममा चेकिङ्गमा खटिएको प्रहरी टोलीले उक्त अटोलाई पिछा गरी नियन्त्रणमा लिई अटो चेकजाँच गर्दा अटोभित्र लुकाई छिपाई राखिएको अवस्थामा अवैध लागू औषध गाँजा फेला परेको बारा प्रहरीले बताएको छ ।

बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नं. २२ चकरी बस्ने अन्दाजी वर्ष २५ को नरेश बम, सोही स्थानका अन्दाजी वर्ष ४३ को हिरामान थिङ र अन्दाजी वर्ष ३५ को सुरेश स्याङतानलाई अवैध लागू औषध गाँजा सहति पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ । उनिहरुमाथी लागू औषध मुद्दामा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले बताएको छ ।
पक्राउ मानिस