बाराको औराहामा माघ २६ देखि शिव महापुराण यज्ञ आयोजना हुँदै

रञ्जन यादब /बारा

बारा जिल्लाको औराहा क्षेत्रमा यही माघ २६ गतेदेखि भव्य शिव महापुराण महायज्ञ–२०८२ सुरु हुने भएको छ। श्री पशुपतिनाथ महादेव मन्दिर, औराहाको आयोजनामा सञ्चालन हुन लागेको उक्त महायज्ञको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ। महायज्ञबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिले धार्मिक, सांस्कृतिक तथा सामाजिक उद्देश्यसहित महायज्ञ आयोजना गर्न लागिएको स्पष्ट पारेको हो।

आयोजक समितिका सचिव नवीन खड्काका अनुसार महायज्ञ माघ २६ गतेदेखि फागुन ७ गतेसम्म निरन्तर सञ्चालन हुनेछ। धर्म, संस्कृति, आस्था र परम्पराको संरक्षण तथा प्रवद्र्धन गर्दै समाजमा नैतिक मूल्य र सद्भाव बढाउने उद्देश्यले महायज्ञ आयोजना गर्न लागिएको आयोजकको भनाइ छ। विशेषगरी युवा पुस्तालाई धर्म, संस्कार र सामाजिक उत्तरदायित्वतर्फ उन्मुख गराउँदै सभ्य र समृद्ध समाज निर्माणमा टेवा पु¥याउने लक्ष्य लिइएको छ। महायज्ञबाट संकलित रकमबाट धर्मशाला निर्माण, ज्येष्ठ नागरिक मिलन केन्द्रको सञ्चालन, नियमित भजन–किर्तन व्यवस्थापन तथा दीर्घकालीन रूपमा धार्मिक तथा सामाजिक गतिविधि सञ्चालन गर्न अक्षयकोष स्थापना गरिने महायज्ञ समितीका अध्यक्ष भुव प्रसाद ढकालले जानकारी दिए ा।

महायज्ञ अवधिभर शिव महापुराण कथा वाचन, भजन–किर्तन, धार्मिक प्रवचन, पूजाआजा तथा विविध सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गरिनेछ। यसले स्थानीय धार्मिक पर्यटन प्रवद्र्धन हुनुका साथै आपसी सद्भाव र सामाजिक एकता मजबुत हुने विश्वास लिइएको छ। जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.४ का वडा अध्यक्ष भोज बहादुर खत्री(ईश्वर)ले महायज्ञलाई सफल बनाउन स्थानीयबासी, भक्तजन, सामाजिक संघसंस्था तथा सम्पूर्ण श्रद्धालुहरूलाई सक्रिय सहभागिताका लागि आग्रह गरेका छन् ।

उपमहानगरपालिकाको प्रबक्ता समेत रहेका वडा अध्यक्ष के.सि.ले महायज्ञ समिती सँग सल्लाह गरेर आवश्यक्ता अनुसार वडा कार्यालय र उपमहानगरपालिकाको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।आयोजकले महायज्ञ भरी महायज्ञ सम्म ७ लाख ५० हजार खर्च र ५० लाख भन्दा बढी बिभिन्न दाताहरुबाट दान दक्षिणा संकलन गर्ने लक्ष्य लिएको छ । महायज्ञलाई सफल पार्न बिभिन्न ६ वटा समिती गठन गरिएको छ ।