hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomonwinbettiltbetciojojobetholiganbet

जीतपुरमा फेरि चक्काजाम, फुटपाथ व्यवसायीको व्यवस्थापनसहित हटाउन माग     जाडो कपडा बिक्रीका लागि ३ महिना समय दिनुपर्ने माग

रञ्जन यादब /बारा

बिरगंज–पथलैया राजमार्गअन्तर्गत जीतपुर बजार क्षेत्रमा सोमबार सडक तथा फुटपाथ व्यवसायीहरूले चक्काजाम गरेका छन्। आईतबार सटर व्यवसायीहरूको आन्दोलनपछि उत्पन्न विवादलाई स्मरण गर्दै गरिएको चक्काजामका कारण केही समय सवारी आवागमन प्रभावित भएको थियो।

सडक तथा फुटपाथ व्यवसायीहरूले आफूहरूलाई वैकल्पिक व्यवस्थापनबिना सडकबाट हटाउन नहुने धारणा राख्दै कम्तीमा तीन महिनासम्म जाडो कपडा बिक्री गर्न समय दिनुपर्ने माग गरेका छन्। जाडोयाममा अचानक पसल हटाउँदा जीविकोपार्जनमा गम्भीर असर पर्ने उनीहरूको भनाइ छ । फुटपाथ व्यवसायीहरूको चक्काजाम प्रहरी प्रशासनको अनुरोध र जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ७ का वडा अध्यक्ष सुनिल गुप्ताको आह्वानमा खुलेको छ। संवाद र समन्वयमार्फत समस्या समाधान गर्ने आश्वासनपछि व्यवसायीहरूले आन्दोलन फिर्ता लिएका हुन्। यसअघि आईतबार जीतपुर बजारका सटर व्यवसायीहरूले फुटपाथ तथा सडक अतिक्रमण हटाउनुपर्ने माग गर्दै चक्काजाम गरेका थिए।

सटर व्यवसायीहरूले सडक र फुटपाथका पसलले व्यापार प्रभावित हुनुका साथै यातायात अव्यवस्थित र दुर्घटनाको जोखिम बढेको गुनासो गर्दै आएका छन्। लगातार दुई दिनदेखि चलेको चक्काजामले जीतपुर बजार क्षेत्रमा सडक अतिक्रमण, व्यापार व्यवस्थापन र स्थानीय सरकारको भूमिकालाई लिएर बहस चर्किएको छ। सरोकारवालाहरूले स्थायी समाधानका लागि सबै पक्षबीच ठोस सहमति र दीर्घकालीन योजना आवश्यक रहेको बताएका छन्।