अमलेखगञ्जमा बाघको आक्रमण ः एक व्यक्तिको ज्यान गयो

रञ्जन यादब /बारा

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २१ स्थित अमलेखगञ्जमा बाघको आक्रमणबाट एक स्थानीय बासिन्दाको मृत्यु भएको छ। बाघको आक्रमणमा परेर ज्यान गुमाउने व्यक्ति ५५ वर्षीय चन्द्रबहादुर ब्लोन रहेको पुष्टि भएको छ । ब्लोनको शव बुधबार बिहान दक्षिणकाली सामुदायिक वन क्षेत्रको जंगलमा क्षतविक्षत अवस्थामा फेला परेको हो।

उनी मंगलबार दिउँसो बाख्रा चराउन जंगल गएका थिए तर बेलुका घर नफर्किएपछि खोजी सुरु गरिएको थियो। खोजतलासका क्रममा बुधबार बिहान बाघले उनको पछाडिको भाग खाएको अवस्थामा शव भेटिएको वडा नंंं. २१ का वडाध्यक्ष सुवास श्रेष्ठले जानकारी दिए। शब नजिकै बाघ र बाघको बच्चा पनि देखिएको उनले बताए ।घटनाको जानकारी पाएसँगै प्रहरी, जनप्रतिनिधि तथा स्थानीय बासिन्दाहरू घटनास्थल पुगेका थिए। मृतक ब्लोन अविवाहित थिए र लामो समयदेखि आफ्ना दिदीभिनाजुको घरमा बस्दै आएका थिए।

प्राकृतिक बन्यजन्तु तथा मानवबीचको द्वन्द्वबाट जनधनको क्षति बढ्दै गइरहेको सन्दर्भमा उक्त घटना चिन्ताजनक विषयको रूपमा लिइएको छ ।यता पर्सा राष्ट्रिय निकुञ्जका बरिष्ठ संरक्षन अधिकृत रामचन्द्र खतिवडाले बस्ती वरिपरि बाघ देखिएको खबर आएकाले पर्सा राष्ट्रिय राष्ट्रिय निकुञ्जले बाघलाई जङ्गलतर्फ लखेट्ने काम गर्ने बताए ।